१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

कुलमानले भने– ‘तपाईं गुनासा पठाउनुहोस्, समाधानको पहल गर्छु’

कुलमानले भने– ‘तपाईं गुनासा पठाउनुहोस्, समाधानको पहल गर्छु’
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै गुनासो भए आफूलाई पठाउन आग्रह गरेका छन् । मन्त्री घिसिङले प्राथमिकताका आधारमा समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

मन्त्री घिसिङले आज सामाजिक सञ्जालमार्फत गुनासा सम्बोधन गर्ने बताएका हुन् । उनले आफू अहिले व्यस्त भएकाले फोन उठाउन, म्यासेज पठाउन सक्ने अवस्था नरहेको भन्दै सुझाव वा गुनासो पठाउन र आवश्यकताअनुसार सम्बोधन गर्ने बताएका हुन् ।

उनले जेन–जी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको पनि बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमा लेखेका छन्–

आदरणीय दिदीबहिनी एवम् दाजुभाइहरू,

तपाईंहरूको साथ र विश्वास मेरो लागि अमूल्य​ छ। हरेक दिन तपाईंहरूको चिन्ता, सुझाव र आशाहरू मलाई प्रतिकात्मक रूपमा प्राप्त हुन्छन् र तिनीहरू नै मेरो काम गर्ने प्रेरणा हुन्।

धेरै शुभचिन्तकहरुले फोन, मेसेज र अन्य सामाजिक सन्जालमार्फत मलाई सम्पर्क गरिरहनुभएको छ, महत्वपूर्ण सल्लाह, सुझाव दिइरहनुभएको छ। यहाँहरु सबैले कल र सन्देशहरूमा उठाउनुभएको कुरा सम्बोधन गर्न हामी प्रतिवद्ध भएर लागेका छौं ।

ठूला परियोजनास्थल र विकास कार्यहरूको प्रत्यक्ष अनुगमन, योजना र व्यवस्थापनमा सक्रिय रूपमा व्यस्त भएको कारणले, सबै फोनहरू तुरुन्तै उठाउन म सक्षम हुन सकिरहेको छैन । यसमा तपाईंहरूको धैर्यताको अपेक्षा गर्दै म विनम्र क्षमायाचना गर्दछु।

यो व्यस्तता कुनै व्यक्तिगत संवेदनाको अभावले होइन बरू यो तपाईंहरूको भविष्य, सामाजिक सुरक्षा र दीर्घकालीन समृद्धिका लागि गरिरहेको दृढ प्रयासका कारण हो।

जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी अहिले प्राथमिकताका साथ लागिरहेका छौं ।

एकातिर निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व हाम्रासामू छ भने अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्वपूर्ण छ। नेपाली जनताले ठूलो आशा, भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय पनि यहि हो ।

तीन वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी बहन गरिरहदा विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगाडि बढाउन तीन तहकै सरकार, संरचनागत साझेदार र समुदायसँग लगातार संवादमै समय बिताउनु अनिवार्य हुन्छ। र यसै सिलसिलामा यहाँहरुले खोजेको समयमा भौतिक रुपमा वा फोनमै पनि उपलब्ध हुन सकिरहेको छैन ।

तपाईंलाई आश्वस्त पार्न चाहन्छु- तपाईंको कुरा र समस्या मेरो कार्यालयद्वारा अनुगमन भइरहेकै छन् र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइरहेको जानकारी गराउदछु।

मैले सम्हालेका मन्त्रालयसङ्ग सम्बन्धित कुनै गुनासो, समस्या वा सुझाव भए हामीलाई पठाउनुहोला, त्यसका लागि निम्न शैली अपनाइदिनुहोला:

आफ्नो पूरा नाम, ठेगाना (गाँँउपालिका/नगरपालिका/म​हा-नगरपालिका), र सम्पर्क नम्बर स्पष्ट लेख्नुहोस्।

सन्देशको सार संक्षेपमा (१-२ वाक्य) र आवश्यक supporting कागजात/फोटो भए संलग्न गर्नुहोस्।

अत्यन्त जरुरी भएमा सन्देशको सुरुवातमा “URGENT / अत्यन्त जरुरी” उल्लेख गर्नुहोस् ताकि सहकर्मीहरूले प्राथमिकता दिन सकून्।

तपाईंहरूको सुझाव, सचेतना र प्रतिक्रियाले हामीलाई अझै सबल बनाउँछ। तपाईंहरूको माया, समर्थन र निरन्तर प्रेरणाका लागि म हृदयदेखि आभारी छु।

धन्यवाद