५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँचजना



अ+ अ-

काठमाडौँ। एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँचजना छनोट भएका छन् ।

‘एसियाली साइन्टिष्ट म्यागजिन’ले हालै प्रकाशन गरेको सो सूचीमा काठमाडौँ विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्स अफ नेचरका राजु आचार्य, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिष्टका रिन्जिन फुनजोक लामा, राप्ती इञ्जिनियरिङ कलेजका डा शैलेन्द्र गिरी र नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका टिष्टा प्रसाईं जोशी छनोट हुनुभएको छ ।

उत्कृष्ट वैज्ञानिकको सूचीमा छनोट भएपछि रासससँग प्रतिक्रिया दिँदै डा गिरीले देशका लागि थप योगदान गर्न हौसला मिलेको बताउनुभयो । सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आउनुभएका उहाँ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पनि हुनुहुन्छ ।

उहाँले सूचना प्रविधिका क्षेत्रमा निजी र सरकारी क्षेत्रबीच सहकार्य गर्दै यस क्षेत्रको प्राज्ञिक र व्यावहारिक उन्नयनमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस