२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री खरेल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग, सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री खरेलले नेपालको सञ्चार क्षेत्रमा भइरहेको सुधार प्रयास, डिजिटल रूपान्तरण, सञ्चार पूर्वाधार विस्तार र सञ्चारकर्मीहरूको क्षमतावृद्धि विषयमा जानकारी गराएका थिए ।

उनले लोकतान्त्रिक अभ्यास सुदृढ पार्न सञ्चार क्षेत्र महत्वपूर्ण माध्यम भएको भन्दै यस क्षेत्रमा अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्य उपयोगी हुने बताए ।

त्यसैगरी, राजदूत थम्पसनले नेपाल र अमेरिकाबीचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ पार्ने इच्छा व्यक्त गर्दै दुवै देशबीच सञ्चार, प्रविधि र लोकतान्त्रिक अभ्यास प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।