२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल



अ+ अ-

विराटनगर। अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । मोरङ उद्योग व्यापार सङ्घ विरानगरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुकको सर्वोपरी हितका निम्ति आफूले काम गरेर प्रमाणित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भ्रष्टाचार न्यूनीकरण गर्नका लागि निजी क्षेत्रले पनि सहयोगीको भूमिका निर्वाह गरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रकै सल्लाह र सुझावबाट स्वकीयसहित अन्य कर्मचारीलाई हटाउने सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।

अर्थमन्त्री खनालले निजी क्षेत्रले नाफा आर्जनसँगै राष्ट्रिय हितमा पनि उभिनुपर्ने बताउँदै दीर्घकालीन परिवर्तनका निम्ति आफूले दत्तचित भएर काम गर्ने विश्वास दिलाउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले आयातनिर्यात हुने वस्तुको मूल्याङ्कन वैज्ञानिक प्रणालीबाट हुनुपर्ने धारणा राख्नुभयो । अर्थमन्त्री खनालले मुलुकको आर्थिक गतिविधिलाई क्रियाशील बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले उच्चस्तरीय आर्थिक सुधार आयोगबाट आएका सुझावलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

सङ्घका अध्यक्ष अनुपम राठीले उद्योगी र व्यापारीहरूको लिखित सुझाव मन्त्री खनाललाई प्रदान गर्नुभयो ।रासस