११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ‘केही परे हामी उद्धार गर्छौं’ भनिदिए राम्ररी निदाउँथ्यौं



अ+ अ-

मालदिभ्स । कोभिड–१९ संक्रमणको जोखिम बढेपछि माल्दिभ्सको राजधानी मालेमा दुई दिनयता कर्फ्युजत्तिकै लकडाउन छ । मालेदेखि निकै परसम्मका टापुहरूमा रहेका सबै रिसोर्ट र होटल १५ दिनयता बन्द छन् ।

टापु नै टापुले बनेको देश माल्दिभ्समा होटल, रेस्टुराँ र रिसोर्टहरूमा नेपाली श्रमजीवी छन् । माल्दिभ्समा १० हजारभन्दा बढी नेपाली रहेको अनुमान छ । तीमध्ये दुई हजार जति युवती छन् र उनीमध्ये अधिकतर घरेलु कामदार छन् । हामी सबै नेपाल सरकारले तोकेको र दिएको श्रम स्वीकृति लिएरै यहाँ आएका छौं । सार्क क्षेत्रमा गैरआवासीय नेपाली संघको अस्तित्व छैन । यहाँ नेपाली दूतावासको पनि प्रत्यक्षरपरोक्ष खासै सम्पर्करसरोकार छैन । त्यसैले हामी नेपाली श्रमजीवीबारे खासै कुरा बाहिर आउने गरेको छैन ।

कोभिड–१९ संक्रमणको जोखिम बढेपछि मात्रै माल्दिभ्सको कूटनीतिक मामला हेर्ने श्रीलंकाको कोलम्बोस्थित नेपाली दूतावासले फाटफुट सम्पर्क राख्न थालेको छ । दक्षिण एसियाली छिमेकी राष्ट्र भईकन पनि हामीले यहाँ केही समस्या आइपरे आफैंले सुल्झाउनुपर्छ ।

राजधानी माले पुग्न म रहेको हानिफु जिल्लाको मानाफारु टापुबाट ४५ मिनेटको हवाई उडान भर्नुपर्छ । मैले काम गर्ने जस्तै आसपासमा र अझ टाढा एक सयभन्दा बढी रिसोर्ट र तारे होटल छन् । पर्यटन व्यावसायका भरमा चल्ने मुलुक भएकाले अधिकतर नेपाली यहाँ यही पेसामा आबद्ध छन् । माल्दिभ्समा शुक्रबारसम्ममा दुई दर्जनभन्दा बढी संक्रमित फेला परेका छन् । संक्रमणबारे सचेतना व्यापक गरिएको छ । रोकथाममा कडिकडाउ छ ।

अहिले अधिकतर होटलले ‘कोभिड–१९ प्याकेज’ भनेर एकतर्फी घरफिर्ती टिकटसहितको बिदाको सेवासर्त ल्याएका छन् । होटलमै बस्न चाहनेका लागि केही समय खानेबस्ने सुविधा दिइएको छ । तर अनिश्चय बढ्दै गएको अवस्थामा हामीमध्ये धेरै घर फर्कन पाए हुन्थ्यो भन्ने मनस्थितिमा पुगेका छौं । माल्दिभ्समा रहेका १ सय ५० भन्दा बढी होटल/रिसोर्टमा कार्यरत सबै जना बेरोजगार झैं बनेका छन् । बल्ल हिजो मात्रै कोलम्बोस्थित नेपाली दूतावासले पहिलोपटक ‘जहाँ हुनुहुन्छ, अहिले त्यहीँ सुरक्षित भएर बस्नुहोस्’ भन्दै इमेल पठाएको रहेछ । अरू बेला श्रीलंकाको दूतावासबाट कुनै नेपाली कूटनीतिक पदाधिकारी यता आएर नेपाली श्रमजीवीको समस्या वा सरोकारबारे बुझ्न चाहेको र बुझेको कम्तीमा मलाई थाहा भएन । त्यसमाथि श्रीलंकामा पनि नेपाली राजदूत नरहेको थाहा पाएपछि त्यहाँ फोन गरेर हाम्रो कठिनाइ सुनाउनै पनि बेकारको दुःख बिसाएजस्तो भइरहेको छ ।

अहिलेसम्म त हामी नेपाली समुदायबीच आपसमा कुराकानी गर्दै बसिरहेका छौं । यहाँ संक्रमण र मृत्युको संख्या बढ्यो भने हामी बन्दीको अवस्थामा पुग्नेछौं । माल्दिभ्स टापुले घेरिएको देश छ, पानीजहाज र हवाई उडानहरू बन्द हुने क्रममा छन् । हामीले आफ्नो देश फर्कन चाहेको अवस्थामा कसले भरथेग गर्ने ? यो बेला नेपाल सरकारले कम्तीमा हामीलाई ‘केही परे हामी उद्धार गर्छौं’ भनिदिए राम्ररी सुत्न सकिने थियो । अरू धेरै आशा गरेका छैनौं । कान्तिपुर दैनिकमा प्रकाशित छ ।