५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

लेकका च्याङ्ग्रा सहरमा

लेकका च्याङ्ग्रा सहरमा
अ+ अ-

गण्डकी। कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मङ्गलबार पर्यटकीय सहर पोखरा झर्दै थिए । पोखरा–बागलुङ राजमार्गमा सवारीसाधन नै रोकिने गरी च्याङ्ग्राको लामो ताँती देखिन्थ्यो ।

व्यापारीहरू साइसाइ सुइसुइ गर्दै च्याङ्ग्रालाई हिँडाइरहेका थिए । च्याङ्ग्राको बथानले दसैँको छनक दिएको थियो । चाडबाडका लागि हिमालपारिको जिल्ला मुस्ताङदेखि च्याङ्ग्रा पोखरा झारिएको हो ।

यहाँ नवरात्र सुरु हुनुपूर्व नै च्याङ्ग्रा भित्रन सुरु गरेका थिए । पोखरामा बर्सेनि दसैँमा हजारौँ च्याङ्ग्राको खरिदबिक्री हुने गर्छ । व्यापारीले मुस्ताङदेखि ल्याएका च्याङ्ग्रालाई पोखराको सिमपानी क्षेत्रमा केन्द्रित गरी बिक्री सुरु गर्छन् । विशेष गरी दसैँको घटस्थापनादेखि च्याङ्ग्राको किनमेल बढी हुने गरेको छ ।

दसैँका बेला पोखरा, बागलुङलगायत यहाँका सहरी क्षेत्रमा मुस्ताङ, डोल्पालगायत हिमाली भेगबाट च्याङ्ग्रा, भेँडा र चेलु ल्याउने गरिन्छ । दसैँलाई च्याङ्ग्रा लिन अधिकांश व्यापारीहरू हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यवसायी महेन्द्र केसी र ज्ञानबहादुर कार्की मिलेर यसपालि ५९ वटा च्याङ्ग्रा बागलुङ झारेका छन् ।

मुस्ताङको जोमसोम पुगेर च्याङ्ग्रा ल्याएको केसीले बताउनुभयो । रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै रु ३८ हजार पाँच सय तिरेकाले बागलुङ ल्याएर बेच्दा रु ४५ हजार पुगेको उहाँको भनाइ छ । “रोज्जा च्याङ्ग्रा रु ४५ हजार र चेलु रु ४० हजारमा बिक्री भइरहेको छ”, केसीले भन्नुभयो, “पसलबाट बेच्दा च्याङ्ग्राको प्रतिकिलो रु २२ सय र चेलुको रु १८ सय मूल्य पर्छ ।” केसीले दसैँका बेला बागलुङ नगरपालिका–२ मा रहेको ‘नवदुर्गा मासु पसल’बाटसमेत च्याङ्ग्राको मासु बेच्दै आउनुभएको छ ।

दशैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन थालेपछि आफँैले च्याङ्ग्रा ल्याएर बेच्न थालेको उहाँले बताउनुभयो । केसीले च्याङ्ग्राको कारोबार गर्न थालेको एक दशक बितिसकेको छ । बागलुङमा पहिलेको तुलनामा च्याङ्ग्रा कम भित्रने गरेको उहाँको अनुभव छ । “एउटै दसैँमा दुई हजारसम्म च्याङ्ग्रा आउने गर्थे, अहिले च्याङ्ग्राको मूल्य बढेपछि व्यवसायीहरू पनि कारोबार गर्न अनिच्छुक देखिएका छन्”, केसीले भन्नुभयो ।

कोभिड–१९ महामारीपछि झण्डै दोब्बरले च्याङ्ग्राको मूल्य बढेको व्यवसायी बताउँछन् । च्याङ्ग्रापालन कम हुनु, बढ्दो करजस्ता कारणले पनि मूल्य महगिँदै गएको उनीहरूको भनाइ छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ ।

मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन् । त्यहाँबाट म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा ल्याइपु¥याउन हप्ता दिनसम्म लाग्छ । मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ । मुस्ताङका युवा व्यवसायी निरज थकालीले मङ्गलबार म्याग्दीको बैसरीबाट दस वटा ट्रकमा काठमाडौँ र दुई वटा ट्रकमा च्याङ्ग्रा पोखरा ल्याउन लागिएको बताउनुभयो ।

एउटा ट्रकमा ८० देखि ९० वटासम्म च्याङग्रा अट्ने उहाँको भनाइ छ । व्यवसायी थकालीले आफूले ल्याएका दुई सय च्याङ्ग्रामध्ये एक सय पोखरा र एक सय काठमाडौँ पठाउन लागेको बताउनुभयो । “यस वर्ष पोखरामा झण्डै दस हजार र काठमाडौँमा पाँच हजार मुस्ताङी च्याङ्ग्रा पुग्दैछ”, उहाँले भन्नुभयो, “कतिपय व्यापारी च्याङ्ग्रा लिएर फर्किसके र कोही बाटोमै छ्न्, यस वर्ष मुस्ताङबाट १५ हजार बढी च्याङ्ग्रा बाहिरिने अनुमान छ ।”

मुस्ताङदेखि बागलुङ, पोखरा हुँदै काठमाडौँसम्म ट्रकमा च्याङ्ग्रा लाने गरिएपनि केही व्यापारीले भने हिँडाएर पोखरासम्म ल्याउने गरेका छन् । मासुजन्य अरु परिकार बाह्रैमास पाइने भएपनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दसैँ नै कुनुपर्छ । दसैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । रासस