८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

निजी क्षेत्र र स्थानीय तहलाई पनि वन्यवन्तु उद्यानका क्षेत्रमा लगानी गर्ने बाटो खोल्दैछौँः वनसचिव मिश्र

निजी क्षेत्र र स्थानीय तहलाई पनि वन्यवन्तु उद्यानका क्षेत्रमा लगानी गर्ने बाटो खोल्दैछौँः वनसचिव मिश्र
अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले निजी क्षेत्र र स्थानीय तहलाई पनि वन्यवन्तु उद्यान तथा संरक्षणका क्षेत्रमा लगानी गर्नसक्ने कानूनी व्यवस्था मिलाउने तयारी भइरहेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय संरक्षण दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वन ऐन तथा नियमावली संशोधनमार्फत निजी क्षेत्र र स्थानीय तहलाई चिडियाखाना र वनस्पति उद्यान स्थापना गर्ने अधिकार दिन कानूनी प्रक्रिया अघि बढाइएको स्पष्ट पार्नुभयो । उहाँले समुदायले वन र वन्यजन्तु संरक्षणको लागि अगाडि बढेको खण्डमा रोक्ने नभई आवश्यक कार्यविधि बनाएर बाटो खोलिदिनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘जूहरुको स्थापना गर्न निजी क्षेत्र र स्थानीय तहले पनि पाउनुपर्ने कुरा को लागि मैले आएदेखि नै भनिरहेको छु कार्यविधि छिटो टुंग्याउँ । निजी क्षेत्र र स्थानीय तहले पजि वनस्पती उद्यानहरु बनाउन पाउनु¥यो । निकुञ्जहरुहरुमा प्रदेश सरकारले अथवा स्थानीय तहले लगानी गर्ने अधिकार प्रदानको लागि हामी वन ऐनको नियमावली संशोधनको क्रममा पनि गएका छौं । स्थानीय तह र प्रदेशले जू बनाउँदा वनको प्रयोग गर्न दिने कि नदिने भन्ने विषय छलफलको क्रममा छ । तर हामीले त्यसको निजी क्षेत्रको सक्रिय सहभागिताको पनि कुरा राखेका छौं । सामुदायिक संरक्षण क्षेत्रसम्बन्धी कार्यविधि छिटो टुंग्याउँ । यदि दुई तीन स्थानीय तहहरु मिलेर संरक्षण क्षेत्र बनाउन खाजिरहेका छन् भने तिनलाई हामीले किन रोक्ने ? हामी उनीहरुको लागि कार्यविधि बनाएर बाटो खोलिदिने हो भने हाम्रो भन्दा राम्रो संरक्षण क्षेत्र स्थानीय तहले बनाउनेछन् ।’

विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले स्रोत र जनशक्तिको अभावमा वन र वन्यजन्तु संरक्षणको विषय चुनौतीपूर्ण बन्दै गइरहेको बताउनु भयो । उहाँले देशभरको संरक्षणको लागि सरकारी बजेट मात्र पर्याप्त नहुने पनि बताउनु भयो । देशका विभिन्न ठाउँमा  हुने घटनामा उद्धार र राहतका लागि तत्काल मान्छे पठाउन गाह्रो हुँदा मान्छेहरुमा विभागप्रति नकारात्मकता बढेकोप्रति उहाँको चिन्ता छ । उहाँले भन्नुभयो, ‘पछिल्लो समय वन तथा वनजन्तु संरक्षणको विषय चुनौतिपूर्ण बन्दै गएको छ । सरकारको बजेटले मात्रै संरक्षण गर्न गाह्रो पर्ने रहेछ । देशका विभिन्न ठाउँमा त्यस्ता घटना हुने हुँदा हाम्रो निकायबाट मान्छे पठाएर उद्धार गर्न पनि गाह्रो भएको अवस्था छ । हामीले तुरुन्तै रेस्क्यू र राहतको व्यवस्था गरेनौं भने नागरिकमा हामीप्रति नकारात्मकता पनि बढ्ने हुन्छ । त्यसकारण यो समस्याको समाधानका लागि हामी कसरी अगाडि बढ्ने हो भन्नेकुरामा गम्भीर छलफल गरेर मात्रै अगाडि बढ्नुपर्ने देखियो ।’

आज देशभर राष्ट्रिय संरक्षण दिवस मनाइँदैछ । वि.सं २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उहाँहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो ।