२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहसचिव दुवाडी हटाइए, दंगालले पाए जिम्मेवारी



अ+ अ-

काठमाडौँ । सरकारले रामेश्वर दंगाललाई नयाँ गृहसचिव नियुक्त गरेको छ ।

जेन–जी आन्दोलन दमनमा संलग्न भएको आरोप लागिरहेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई जिम्मेवारी तोकिएको हो । दुवाडीलाई योजन आयोग सचिवालयमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

यसअघि रक्षासचिवका रूपमा कार्यरत दंगाल गृह प्रशासनकै ‘क्याडर’ मानिन्छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयनमा आउनेछ ।

भिजिट भिसा प्रकरणमा नाम मुछिएका भए पनि उन्मुक्ति पाएका दुवाडी सरकार परिवर्तनपछि करिब डेढ सातासम्म गृहसचिवका रूपमा निरन्तर रहेका थिए । तर, जेन–जी आन्दोलनको दमनका क्रममा गृह प्रशासनको नेतृत्व गरेको भन्दै उनको छानबिन हुनुपर्ने आवाज उठिरहेका बेला सरकार निर्णयमा पुगेको हो ।