५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरञ्जना भगवती मन्दिरमा दुईसय ६८ परिवारले राखे सामूहिक जमरा



तस्बिर:फाइल फोटो
अ+ अ-

नुवाकोट। बडादसैँको घटस्थापनाका दिन आज नुवाकोटको बेलकोटगढीमा दुईसय ६८ परिवारले सामूहिक जमरा राखेका छन् ।

बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा बडादसैँको लागि स्थानीय ब्राह्मण, क्षेत्री, आदिवासी–जनजाती र दलित समुदायले एकैसाथ एकै स्थानमा सामूहिक जमरा राखेका हुन् ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि बेलकोटगढीस्थित यस मन्दिरमा सामूहिक जमरा राखिँदै आएकोमा यस वर्ष त्यसलाई निरन्तरता दिइएको मन्दिरका पूजारी भोलाराज पौडेलले जानकारी दिनुभयो ।

“यहाँ बसोबास गर्ने सबै जातीका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा सामूहिक जमरा राखेका छौँ”,उहाँले भन्नुभयो,“विजयादशमीको दिनसम्म बिहान बेलुकाको नियमित पूजाआराधना र जल चढाउने कार्य पुजारीको अगुवाइमा आलोपालो गरिने प्रचलन छ ।”

नुवाकोट नामकरणको आधार मानिएका नौ कोटमध्ये ‘प्रमुख कोट’ बेलकोटलाई धार्मिक, सांस्कृतिक एवम् बैद्धिक सनातन परम्पराको लागि महत्त्वपूर्ण मानिन्छ । बेलकोटस्थित निरञ्जना भगवती मन्दिरमा पाण्डेगाउँ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजारगाउँ, मैदानटोल, गैरीगाउँ लगायतका ठाँउका स्थानीयले सामूहिक रूपमा जमरा राख्ने गरिएको छ । रासस