२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा सस्तो बजार सुरु



अ+ अ-

जनकपुर। विजयादशमीको अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि जनकपुरधाम उपमहानगरपालिका–४ मा ‘दसैँ सस्तो बजार’ सुरु भएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको अगुवाइमा आजदेखि सस्तो बजार सुरु भएको हो । सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा आज एक कार्यक्रमबीच सो बजार राम मन्दिरका महन्थ राम गिरीले उद्घाटन गर्नुभयो ।

अध्यक्ष भण्डारीले विगत वर्षहरुमा ७० देखि ८० वटा स्टल राख्ने गरिएकामा यसवर्ष सो सङ्ख्या बढाएर ११५ स्टल राखिएको जानकारी दिनुभयो । सस्तो बजारमा दैनिक उपभोग्य र चाडपर्वका सामान सुपथ मूल्यमा उपलब्ध हुने उहाँले बताउनुभयो ।

जनकपुरमा विगत ४२ वर्षदेखि दसैँका बेला सस्तो बजार सञ्चालन हुँदै आएको छ । रासस