१४ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा



अ+ अ-

न्यूजपोलार ए.आई.

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

चितवन। गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ ।

तुइन खोलामा गत शुक्रबार साँझ ६ बजे आएको पहिरोका कारण अवरुद्ध सडक आज साँझ ५ः३० बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो साँझ केही समय एकतर्फि सञ्चालनमा आएको सडक राती बन्द गरिएको थियो ।

आज बिहान देखि एक तर्फि रुपमा सञ्चालन गरिएको सो सडक दिउँसो १ बजे देखि ३ बजे सम्म पूर्णरुपमा बन्द गरी पहिरो पन्छाइएको थियो ।

अझै पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सवारी चालक र यात्रुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । रासस