१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री कुलमान घिसिङद्वारा मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना को निरीक्षण गर्नुभएको छ।

निर्माण सम्पन्न भई हाल व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको आज दोस्रो दिन सञ्चालन भइरहेको छ।

चिलिमे जलविद्युत कम्पनीको प्रवन्धक सञ्चालक रहँदा मन्त्री घिसिङकै नेतृत्वमा आयोजना विस्तृत अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता सम्पन्न गरी निर्माण चरणमा पुगेको थियो। उक्त आयोजनाबाट परीक्षणका क्रममा पूर्ण १०२ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ।

तर, जुरेको पहिरो, भूकम्प, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को महामारी, स्थानीय अवरोधलगायतका कारण आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको थियो।