८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अग्रिम टिकटका लागि बस सेवा डटकम सारथी बन्दै, दैनिक १० हजार यात्रुले टिकट बुकिङ गर्नसक्ने

अग्रिम टिकटका लागि बस सेवा डटकम सारथी बन्दै, दैनिक १० हजार यात्रुले टिकट बुकिङ गर्नसक्ने
अ+ अ-

काठमाडौँ । यस पटकको दशैँमा यातायात व्यवसायीहरुले यात्रुहरुलाई अग्रिम टिकट दिन आनकानि गरिरहेका बेला बस सेवा डटकम यात्रुहरुका लागि सारथी बनेको छ ।

बस सेवा डटकममार्फत दैनिक १० हजार यात्रुहरुले टिकट बुकिङ गर्नसक्ने अनुमान गरिएको छ । बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग पनि समन्वय गरेर अनलाइनबाट बस टिकट बुकिङ खुलाइएको बताउनु भयो । उहाँकाअनुसार बससेवा डटकमले ७७ वटै जिल्लाका लागि बुकिङ अनलाइनबाट खुलाएको छ ।

थापाले भन्नुभयो– ‘अग्रिम टिकट हामीले खोलिसकेका छौं । चितवन पोखरालगायतका ठाउँहरुमा गाडीहरु गइरहेको छ । गाडीहरु रोकिएका छैनन् भने धनगढी, महेन्द्रनगरमा बाटो बन्द भएर रोकिएको थियो, अहिले सुचारु भइसकेको छ । अग्रिम टिकट जाने मात्रै नभएर फर्किनका लागि समेत खुलाउँदैछौं । ७७ ओटै जिल्लाका लागि हामीले बुकिङ अनलाइनबाट खुलाएका छौं । हामीसँग यो पटक ५० हजारजतिको सिट छ । तर बाटोका कारणले हामीले सोचेजस्तो टिकट गएको छैन् । दिनमा लगभग १० हजारसम्म बुकिङ हुनसक्ने सम्भावना छ ।’ 

थापाकाअनुसार बस सेवालाई डिजिटलाइज गर्न महासंघबाट पूर्णरुपमा सहयोग रहँदै आएको छ । देशभरका करिव ९५ प्रतिशत यातायात समितिहरु बससेबा डटकममा आवद्ध भइसकेका छन् । बससेवा डटकमको आगामी योजना बसको मात्रै नभएर प्लेन, होटलहरुको समेत बुकिङ गर्नसक्ने व्यवस्था गर्न सकिनेछ । आगामी दिनमा नेपालको हरेक कुनाबाट अनलाइन टिकटको सुविधा दिने योजना रहेको थापाले बताउनु भयो । थापाकाअनुसार बस सेवा डटकमको सर्भर व्यवस्थापन बलियोसँग भएको बताउनु भयो । धेरैले अग्रिम टिकट अनलाइनबाट काट्दा सर्भर डाउन हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सर्भरको क्षमता बढाइएको उहाँको भनाइ छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव वेगनाथ गौतमले बस सेवासँग सहकार्य गरेर बुकिङ खुलाउँदा धेरै सहज भएको बताउनु भयो । उहाँकाअनुसार अहिले भौतिक रुपमा भन्दा पनि टिकट बुकिङ अनलाइनबाट धेरै हुने गरेको छ । यसले यात्रुलाई समेत धेरै सहज बनाएको छ ।  नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासंचिव गौतमले भन्नुभयो–‘नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले  विगतदेखि नै हामी सबै देशभरका यातायात व्यवसायीलाई तपाईंहरुले प्रविधिको प्रयोग गर्नुस् भनेर भनेका छौं । अनलाइन टिकट गर्न भनिरहेका छौं । आफ्नो एप बनाउन पनि भनिरहेका छौं । त्यसरी नै सेबा सञ्चालन गर्न भनिरहेका छौं । अहिले देशभरी नै लगभग ६० प्रतिशत हाम्रा सबै सदस्यहरु अनलाइनमा गइसकेका छन् । कतिपय कम्पनीले आफ्नो कम्पनीका नाममा एप बनाएर अनलाइन टिकट दिइरहेका छन् । कतिपयले यो बस सेवा डटकमसँग सहकार्य गरेर गरेका छन् । आफ्नो एपसँग बससेवा डटकम लिंक गरेर यातायात व्यवसायीलाई सेवा दिइरहेको अवस्था छ । यसले अहिले हामीले भौतिक रुपमा अग्रिम बुकिङ खोल्ने र भौतिक रुपमा बुकिङ गर्नेको संख्या त्यति धेरै छैन् । यो सबै अनलाइन सेबाले गर्दा नै हो ।’ 

यता, भौतिक रुपमा टिकट काट्ने यात्रुहरुलाई लक्षित गरेर काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कमा दैनिक स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । जसमा प्रेसरहरु चेक गर्ने, ज्वरो नाप्ने सेवा दिइरहेको काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग सदस्य गौरव बोहोराले बताउनु भयो । बोहोराले भन्नुभयो,‘सामान्य चेकजाँच गरिरहेका छौं  । प्रेसरहरु चेक गर्ने, ज्वरोहरु नाप्ने काम भइरहेको छ । दिनमा ४०÷४५ जना बिरामीहरु आउने गर्नुभएको छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिइरहेका छौं ।’ 

विगतमा अनलाइन सेवा नहुँदा यात्रुहरुले घटस्थापनादेखि नै बसपार्कमा मध्यरातमा गएर लाइन बसीबसी टिकट काट्नुपथ्र्याे । जसकारण कष्टकर हुने गरेको थियो । यसपटक त्यो बाध्यताको अन्त्य भएको छ ।