८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

केन्द्रको कार्यालयमा क्षति भए पनि अभिलेख भने सुरक्षित

केन्द्रको कार्यालयमा क्षति भए पनि अभिलेख भने सुरक्षित
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रमा रहेका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र सम्पत्ति विवरणलगायतका महत्त्वपूर्ण कागजात र अभिलेख सुरक्षित रहेका छन् ।

जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते सिंहदरबार परिसरमा भएको आगजनी र तोडफोडको घटनामा केन्द्रमा रहेका ती महत्त्वपूर्ण दस्तावेज र फाइलहरू सुरक्षित रहेको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको भुइँ तल्लामा रहेको केन्द्रका करिब दुई दर्जन सवारीसाधनमा आगजनी गर्नुका साथै कुर्सी, टेबुल र दराजसहितका फर्निचर भने आन्दोलनकारीले तोडफोड गरेका थिए ।

कर्मचारीका कार्यसम्पादन मूल्याङ्कन, सम्पत्ति विवरणलगायतका महत्त्वपूर्ण अभिलेखमा कुनै क्षति नपुगेको तथा सुरक्षित नै रहेको उहाँले बताउनुभयो । विभिन्न उजुरीमाथि भइरहेको छानबिनसम्बन्धी फाइल, उजुरी र अरु केही महत्वपूर्ण अनुसन्धानका फाइल पनि सुरक्षित नै रहेको केन्द्रले जनाएको छ ।

राष्ट्रिय सतर्कता केन्द्र भदौ २४ गते भएको तोडफोड र आगजनीको घटनाबाट केन्द्रको भुइँ तल्लामा र पहिलो तल्लामा क्षति भएको थियो । आगजनीबाट केन्द्रले प्रयोग गरेका अधिकांश कोठामा भने कुनै न कुनै क्षति भने पुगेको छ । अण्डरग्राउण्ड पार्किङमा भएका सवारीसाधन जलेपछि त्यसको असर सम्पूर्ण कार्यालयमा परेको छ ।

धुँवाको मुस्लो र आगाको ज्वालाको प्रभाव परेपछि अधिकांश कोठा बस्न योग्य छैन । केही झ्याल पनि जलेको छ । पार्किङमा राखिएका १३ वटा चार पाङ्ग्रे र १२ वटा दुई पाङ्ग्रे सवारीसाधन जलेको पनि केन्द्रले जनाएको छ । उक्त घटनापछि पानी, बत्ती, टेलिफोन, इन्टरनेटसम्बन्धी सेवा अवरुद्ध भएकामा अहिले मर्मतसम्भार गरी जोड्ने काम भइरहेको छ ।

आगजानी र तोडफोडको घटनापछि केन्द्रका सचिवको नेतृत्वमा क्षतिको विवरण लिने र सबै कर्मचारी जुटेर कार्यालय परिसरको सरसफाइको काम गरिएको पनि प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

केन्द्रले सार्वजनिक निकायबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार सम्बन्धमा उजुरी सङ्कलन गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव निर्देशन दिने कार्य गर्दैआएको छ ।

सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सम्पत्ति र आयको अनुगमन गर्ने तथा विकास निर्माणका योजनाहरूमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने, प्राविधिक परीक्षण गर्ने कार्य जिम्मेवारी पनि केन्द्रलाई प्राप्त छ ।

विभिन्न सरकारी कार्यालयमा हाजिरी, पोसाक, सिट छड्केजस्ता सुधारात्मक कार्य पनि केन्द्रले गर्दैआएको छ ।