काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने थप मन्त्रीहरूको शपथ ग्रहण आज हुँदै छ ।
नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम ३ वजे हुने राष्ट्रपति कार्यलयले जनाएको छ ।
अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेलको नाम मन्त्रीका लागि राष्ट्रपति कार्यालय पुगेको छ । तर केही मन्त्रीहरुको नाम होल्ड भएको जनाईएको छ ।
यस अघि रामेश्वर खनाल ,कुलमान घिसिङ र ओमप्रकाश अर्यालले सपथ ग्रहण गरी कार्यभार सम्हाल्नु भएको छ ।










