१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँका शक्ति पीठहरुहरुमा राखियो जमरा



अ+ अ-

काठमाडौँ । हिन्दु धर्मावलम्वीहरुको पर्व दशैँ आजबाट शुरु भएको छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा घटस्थापना गरिँदैछ । जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छ । राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुगेका छन् ।

यता जनकपुरधामको राजदेवी मन्दिरमा नवरात्री पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई सिँगारीएको छ । प्रत्येक वर्ष दशैँमा हजारौँको संख्यामा राजदेवी मन्दिरमा भीड हुने गर्दछ । राम युवा कमिटीले बौधीमाता मन्दिर, अमरखाना मन्दिर र अन्नपूर्णा माता मन्दिरको पूजा व्यवस्थापन गर्दै आईरहेको छ । दशैँमा यी मन्दिरहरुमा घटस्थापनादेखि विजया दशमीसम्मका लागि सम्पूर्ण तयारी पूरा गरिसकिएको छ । जनकपुरधामको राजदेवी मन्दिरमा प्रत्येक वर्ष नवरात्रीको समयमा दैनिक हजारौँको भीड हुन्छ । दर्शनार्थीहरुलाई व्यवस्थापन गर्न समेत कठिनाई हुन्छ ।

प्रत्येक वर्ष राजदेवी मन्दिरमा सप्तमीदेखि अष्टमी दिनसम्म प्रसाद चढाउनेहरुको घुइँचो हुन्छ । राजदेवी माताको नवरात्री अन्तर्गत घटस्थापनादेखि नवमीसम्म विशेष विधि विधान पूर्वक गर्ने गरिन्छ । तान्त्रिक पद्धति अनुसार हुने राजदेवी माताको पूजाका लागि गणेश कलश, भैरव कलश तथा दुर्गा कलश स्थापना गरी घटस्थापना गरिन्छ ।