२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रम्हायणी मेलासँगै भक्तपुरको शक्तिपिठमा भक्तजनको घुइँचो



अ+ अ-

भादगाउँ । नवरात्राका अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानैदेखी भक्तजनको घुइँचो लागेको छ ।

आजको दिन घर घरको पूजाकोठामा दुर्गा भवनीलाई आह्वान गरी जमरा राख्न ब्रम्हामायणी घाटमा स्नान गरी ब्रम्हायणी देवीको पूजाआरधना गरी जमरा राख्न पागो माटो र खोलाको जल लिन भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

आजैदेखि शक्तिपिठ बाहेक यहाँको दरबार स्क्वायरको तलेजु र क्वाठण्डौँस्थित एकान्त कुमारी देवगृहमा पनि मेला लागेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात पनि सुरु भएको छ ।

नवरातको समयमा नौ दिनसम्म क्रमश:भक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी मन्दिरमा दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।