३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीआईबीमा एआईजी मनोजकुमार केसीको सरुवा



अ+ अ-

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीको सरुवा भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबीमा पठाउने निर्णय गरेको हो। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ नियुक्त भएपछि सीआईबीमा एआईजी पद खाली थियो।

केसी यसअघि प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रदेश समन्वय विभागमा कार्यरत थिए। उनी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँग जोडिँदै कांग्रेस–एमालेको असन्तुष्टि खेपेका अधिकृत मानिन्छन्।

डिआइजी हुँदा दोस्रो वरियतामा रहेका उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बढुवामा पछाडि पारेको थिए।