५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

निर्वाचन कार्यमा सरकारलाई सहयोग गर्ने समितिको प्रतिबद्धता

निर्वाचन कार्यमा सरकारलाई  सहयोग गर्ने समितिको प्रतिबद्धता
अ+ अ-

काठमाडौँ। राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले देशमा उत्पन्न परिस्थितिका बीच घोषणा गरिएको निर्वाचन कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

समितिको आजको बैठकमा ‘जेनजी’ को आह्वानमा देशमा भएका घटनाबारे सदस्यहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । देशमा नयाँ सरकारले निर्वाचन केन्द्रित गतिविधि बढाएकामा त्यसमा सहयोग पु¥याउन आवश्यक छलफल र परामर्श गरी सेवा प्रवाहमा सरलता तथा सहजता ल्याउन सहयोग पु¥याउने समितिले प्रतिबद्धता व्यक्त गरेको हो ।

यस्तै, जेनजी आन्दोलका क्रममा दिवङ्गत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छभने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

समितिले आगामी निर्वाचनअघि गर्नुपर्ने पुनःनिर्माण कार्यमा सरकारसँग नजिक रही आवश्यक परामर्श गरी सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरेको सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

बैठकले गत आर्थिक वर्षभरि गरेको कामकारबाहीको समीक्षा गर्दै वार्षिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । राष्ट्रियसभाको आगामी अधिवेशनमा उक्त प्रतिवेदन पेस गर्ने निर्णय गरिएको सचिव डा पाण्डेले बताउनुभयो ।

बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वमा यातायातको सहजता र शान्ति सुरक्षा कायम गर्ने मामिलामा थप जिम्मेवार हुन सरकारलाई आग्रह गरेको छ ।

यस्तै, आगामी दिनमा सरकारका प्रतिनिधिलाई आमन्त्रण गरी देश र जनसरोकारका विषयमा छलफल गरी अघि बढ्ने पनि निर्णय भएको छ ।यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले जेनजी आन्दोलनका घाइतेको निःशुल्क प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

बैठकमा यस विषम परिस्थितिमा राष्ट्रियसभाअन्तर्गतका समितिका कामकारबाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको समिति सचिव सञ्जय दाहालले जानकारी दिनुभयो ।

बैठकमा दसैँ, तिहार, छठलगायतका चाडबाडमा आमनागरिकलाई यातायातको सहजता र शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन पनि सरकारलाई अनुरोध गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

समितिले तोकिएको मिति (फागुन २१) मै प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यमा सरकारलाई सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । रासस