१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन-जी आन्दोलनले नयाँ परिवर्तन ल्यायोः महान्यायाधिवक्ता भण्डारी



अ+ अ-

काठमाडौँ ।  महान्यायाधिवक्ता सविता भण्डारी बरालले जेन—जी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताउनुभएको छ ।

आईतवार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले जेन—जीहरुले बलिदानीका कारण परिवर्तन आएको बताउनुभएको हो । भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रेका युवाहरुले गोली खानुपरेको उहाँको भनाई छ । जेन—जी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको उहाँले बताउनु भयो । आन्दोलनमा सहभागी युवाहरुले जागिर पाउन आफ्नो ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र विदेशिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने माग राखेको उहाँको भनाई छ । उहाँले जेन—जीहरुले आन्दोलन गरेपनि पदमा भने आफूहरु पुगेको बताउनु भयो । जेन—जी पुस्तालाई पदमा पुग्न रहर नभएको पनि उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘के भनेका थिए त ती जेनजीले, के मागेका थिए त, खाली भ्रष्टाचार र एउटा सुशासनको कुरा न गरेका थिए, उनीहरुले । त्यही पनि उनीहरुको लागि भनेकै थिएनन्, त्यो बेला । अहिले देख्नुहुन्छ तपाईहरु उनीहरुले आन्दोलन गरे तर पदमा जाने त हामी पो भएछौँ । उनीहरु त छैनन् त । उनीहरुले मागेका थिए खाली सुशासन होस्, हामी बाहिर जान नपरोस् । भ्रष्टाचारको अन्त्य होस् । आज माग्दाखेरी गोली खाए । र गोली खाएपछि नयाँ परिवर्तन आएको छ । त्यसैले म हरेक अभिभावकलाई छातीमा हात राखेर भन्नुुस्, म अनुरोध गर्छु । के ती बच्चाहरुले आफ्ना लागी आन्दोलन गरेका थिए त ? होईन, देशका लागी आन्दोलन गरेका थिए । उनीहरुलाई केही चाहिएकै थिएन् । उनीहरुले खाली हामी विदेश जान नपरोस्, हामीले हाम्रो मान्छे भनेर खोजेर जागिर खान नपरोस्, योग्यताको कदर होस् । भन्ने किसिमले माग गरेका आएका थिए ।’ 

उहाँले आन्दोलनका क्रममा जेन—जीहरुले सार्वजानिक सम्पती नजलाएको पनि दाबी गर्नुभयो । जेन—जीहरुको सार्वजानिक सम्पतीमा क्षति गर्छन् भन्ने सोच्न समेत नसकिने उहाँको भनाई छ । जेल ब्रेक भएपछि त्यहाँबाट भागेर आएका कैदीहरुले सरकारी वकिल कार्यलय र अदालतमा आक्रमण गरेको उहाँले दाबी गर्नुभयो ।