३१ श्रावण २०८३, आईतवार
,
Latest
बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनाहक संसद विघटन गरियो,संविधानभित्रबाट गरिएको परिवर्तन नै दिगो र दरिलो हुन्छः अध्यक्ष मिश्र



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले अनाहक संसद विघटन गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद विघटन गर्न नहुने बताउनु भयो । परिवर्तन आवश्यक थियो र परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुने बताउनु भयो । ताजा जनादेश पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्ने बताउनु भयो । आन्दोलनले कुनै संविधान, कानून नमान्ने भएपनि आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रुपले संविधान र कानूनमा बाँधिनुपर्ने बताउनु भयो । नत्र वैधता प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘संसद विघटन भएपछि धेरैले आफ्ना कुराहरु राख्नुभयो । नेपाल बार एशोसिएशनले पनि १ बजे राति आफ्नो विज्ञप्ती निकाल्यो । यो संसद अनाहक विघटन गर्नुहुने थिएन । परिवर्तन आवश्यक थियो, परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुन्छ । मुलुकका शक्तिहरु जो हामी मानि आएका छौँ, ति शक्तिहरु चुनिन्छन् । पूर्व भए भन्दा फ्रेस म्याण्डेट आवश्यक पर्दछ । फ्रेस म्याण्डेट पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्छ भनेर वक्तव्य जारी गरेका थियौँ । आन्दोलनले कुनै संविधान, कानून मान्दैन तर आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रुपले संविधान र कानूनमा बाँध्नुपर्दछ । नत्र वैधता प्राप्त गर्न सक्दैन ।’

उहाँले फागुन २१ गते नै निर्वाचन हुनेमा बार विश्वस्त रहेको बताउनु भयो । अहिलेको संसद निन्द्राको अवस्थामा गएको बताउनु भयो ।