१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालबाटै भएपनि न्यायको दीप मर्न दिँदैनौँः मुख्य रजिस्ट्रार पौडेल



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले आदतल जले पनि न्यायको दीप ननिभेको बताउनुभएको छ ।

आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पालमै भएपनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको बताउनु भयो । उहाँले राष्ट्र नै सबै जलेको अवस्थामा रहेको भन्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरु जलेर नष्ट भएको बताउनु भयो ।  देशभरका सबै अदालतबाट न्युनतम सेवा दिइरहेको बताउनु भयो । २५ हजार मिसिलमा ३ हजार मात्रै सकुशल रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्षतिका कुरा कति गरौँ । राष्ट्र नै सबै जलेको थियो । नेपाल सरकारका सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरु जलेका अवस्थामा थिए । त्यो चुनौति अवसरमा बदलेर अघि बढ्नुपर्नेछ । न्यायको दीप निभेको छैन । २९ गतेबाट हामीले नियमित सेवाहरु शुरु गरेका छौँ । देशभरका सबै अदालतबाट न्युनतम सेवा दिइरहेका छौँ । २५ करिव मिसिल थिए । हामीले ३ हजार जति मात्रै मिसिल फेला पारेका छौँ । बाँकी रहेको २२ हजार मिसिलको प्राप्तिमा बार एशोसिएशन, महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग माग्नेछौँ ।’

मुख्य रजिस्ट्रार पौडेलले आइटीको सर्भर रिस्टोर गरेर पूर्ववत रुपमा सञ्चालन गर्ने तयारीमा सर्वौच्च अदालत रहेको बताउनु भयो । न्याय सम्पादनमा मनोबल महत्वपूर्ण हुने भन्दै मनोबल उच्च राख्ने गरेर सुरक्षाको प्रत्याभुति दिनुपर्ने बताउनु भयो । उहाँले सर्वोच्च अदादतमा इजलासहरु पालमुनि चलाएको भन्दै यो भन्दा विडम्वनापूर्ण स्थिति केही नहुने बताउनु भयो ।