काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले आदतल जले पनि न्यायको दीप ननिभेको बताउनुभएको छ ।
आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पालमै भएपनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको बताउनु भयो । उहाँले राष्ट्र नै सबै जलेको अवस्थामा रहेको भन्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरु जलेर नष्ट भएको बताउनु भयो । देशभरका सबै अदालतबाट न्युनतम सेवा दिइरहेको बताउनु भयो । २५ हजार मिसिलमा ३ हजार मात्रै सकुशल रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘क्षतिका कुरा कति गरौँ । राष्ट्र नै सबै जलेको थियो । नेपाल सरकारका सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरु जलेका अवस्थामा थिए । त्यो चुनौति अवसरमा बदलेर अघि बढ्नुपर्नेछ । न्यायको दीप निभेको छैन । २९ गतेबाट हामीले नियमित सेवाहरु शुरु गरेका छौँ । देशभरका सबै अदालतबाट न्युनतम सेवा दिइरहेका छौँ । २५ करिव मिसिल थिए । हामीले ३ हजार जति मात्रै मिसिल फेला पारेका छौँ । बाँकी रहेको २२ हजार मिसिलको प्राप्तिमा बार एशोसिएशन, महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग माग्नेछौँ ।’
मुख्य रजिस्ट्रार पौडेलले आइटीको सर्भर रिस्टोर गरेर पूर्ववत रुपमा सञ्चालन गर्ने तयारीमा सर्वौच्च अदालत रहेको बताउनु भयो । न्याय सम्पादनमा मनोबल महत्वपूर्ण हुने भन्दै मनोबल उच्च राख्ने गरेर सुरक्षाको प्रत्याभुति दिनुपर्ने बताउनु भयो । उहाँले सर्वोच्च अदादतमा इजलासहरु पालमुनि चलाएको भन्दै यो भन्दा विडम्वनापूर्ण स्थिति केही नहुने बताउनु भयो ।










