१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीकी आमा र बहिनीले भेटे प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुभएको छ ।

आईतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर विपिनकी आमा पद्मा र बहिनी पुष्पाले भेट गर्नुभएको हो ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीसँग विपिनकी आमा पद्माले छोराको शिघ्र रिहाइका आवश्यक कुटनीतिक पहल गरिदिन आग्रह गर्नुभयो । बहिनी पुष्पाले पनि आफ्नो दाई निर्दोष रहेको उल्लेख गर्दै उनलाई यथाशिघ्र फिर्ता बोलाई सहयोग गरिदिन अनुरोध गर्नुभयो । जवाफमा प्रधानमनत्री कार्कीले विपिनको रिहाईको लागि कुनै कसर बाँकी नछोड्ने प्रतिवद्धता दिएको बताउनु भयो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हमाससँग नजिक रहेका राष्ट्रहरुसँग कुरा गरेर विपिनको रिहाईको लागि हरसम्भव प्रयास गर्ने वचन दिएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री कार्कीको पहलमा दाई घर फर्किनेमा आफू विश्वस्त रहेको बहिनी पुष्पाले बताउनु भयो । जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजराइल पुग्नुभएको थियो ।