१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रीय समिति भंग गर्ने प्रचण्डको प्रस्ताव



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति भंग गर्ने प्रस्ताव गरेका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा प्रचण्डले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका हुन् ।

प्रचण्डले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व निर्माणको प्रस्ताव गरेका एक नेताले बताए ।

यस्तै, उनले केन्द्रीय समिति बैठकबाटै महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव समेत राखेका छन् ।