५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी, अन्तर्राष्ट्रिय दबाब बढ्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकी छन् । सम्भवत: आजै सबै मन्त्री नियुक्त गरी सपथ गराउने तयारी छ ।

स्वतन्त्र र समावेशी मन्त्रिपरिषद् बनाउने प्रयासमा प्रधानमन्त्री सुशीला कार्की छन् । तर सरकार गठन भएको १० दिन हुँदा पनि सरकारले पूर्णता पाउन नसक्दा कार्यसम्पादन प्रभावित हुन थालेको छ ।

सामान्यत: आन्दोलनबाट गठन भएको सरकारमा मन्त्रिपरिषद् विस्तारमा यति धेरै ढिलाइ हुँदैन । तर यस पटक अस्वाभाविक ढिलाइ देखिएको छ ।

जेन–जी आन्दोलनको स्पष्ट म्यान्डेटसहित गठित सरकारले एक साता बित्दा पनि पूर्णता नपाउँदा सीमित समयको सरकारको कार्यसम्पादन प्रभावित भइसकेको छ ।

मन्त्रिपरिषद्मा जेन–जी समूहबाट प्रतिनिधित्व नहुने आशंका बढिरहेका बेला प्रधानमन्त्री कार्कीले जेन–जी का पाँच जनालाई मन्त्री बनाउने तयारी गरेकी हुन् । तर मन्त्री बन्नेहरुको नाम सार्वजनिक भएको छैन ।

११ सदस्यीय मन्त्रिपरिषद् बनाउने भनेकी कार्कीले अहिलेसम्म तीना जनालाई मात्र बनाएकी छन् । बाँकी ७ जनामा पाँच जना जेन–जी समूहका व्यक्ति हुने छन् । अरु दुई जनाको नाम भने टुंगो लागिसकेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

२७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले ३० भदौमा अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्याल तथा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् ।

आन्दोलनपछिको संक्रमणकालसँगै ६ महिनाभित्र निर्वाचन र सुधारको काम गर्नुपर्ने चापका बीच बनेको यो सरकारले उच्चस्तरीय छानबिन आयोग र भ्रष्टाचारविरुद्धको शक्तिशाली आयोग गठन गर्ने घोषणा गरेको छ । अब यी काम पनि तत्काल अघि बढाउनुपर्ने छ ।

मतदाता नामावलीको बाधा व्यवधान फुकाउन र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न कानुन संशोधन गर्नुपर्छ । संसद नभएकाले अध्यादेशमार्फत कानुन संशोधन गर्नुपर्ने हुन्छ ।

तर सरकारले पूर्णता नपाउँदा सबै काम रोकिएको छ । त्यसो त पछिल्लो समय नेपालीहरुमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्न थालेको छ ।

जेन–जीको आन्दोलनका क्रममा जेलबाट ठूलो संख्यामा अपराधीहरु भागेपछि केही देशले नेपालीलाई भिसा दिन रोकेका छन् । यूएईले भिजिट भिसा दिन रोकेकोमा अहिले श्रमिक भिसा पनि दिन छाडेको छ । क्यानडाले पनि नेपालीहरुलाई भिसा दिन कडाइ गरेको छ ।

जेलबाट भागेकाहरु आफ्नो मुलुकमा छिर्ने त्रासले केही देशले भिसामा कडाइ गरेका हुन् ।

अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश नजाओस् भनेर पनि सरकारले तत्काल जेलबाट भागेकाहरुलाई पक्राउ गरी कारबाही गर्नुपर्छ । त्यति मात्र होइन, जेन–जी आन्दोलनका क्रममा भएका घटनाको तत्काल छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ । अनि मात्र विश्व समुदायलाई केही विश्वस्त तुल्याउन सकिन्छ ।