५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन
अ+ अ-

खोटाङ।  जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।

दसैँ, तिहार तथा छट पर्वको मौका छोपेर यातायात व्यवसायीले यात्रुबाट बढी भाडा लिने गरेको गुनासो आएपछि प्रशासनले तोकिएको भाडा दरभन्दा बढी नलिन निर्देशन दिएको हो ।

चाडपर्वको बहानामा यातायात व्यवसायीले तोकिएको दरभन्दा बढी भाडा लिएको खण्डमा तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरूलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो ।

“चाडपर्वको अवसरमा यात्रुको चाप बढी हुने भएकाले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, अनिवार्य टिकटको व्यवस्था गर्न तथा गति सीमित गर्न यातायात व्यवसायीलाई निर्देशन दिएका छौँ । यात्रुको सहजताका लागि विभिन्न ठाउँमा यात्रु सहायता कक्षसमेत सञ्चालन गर्ने तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “प्रशासनको निर्देशनलाई अवज्ञा गरेको खण्डमा कारबाहीको दायरामा ल्याउँछौँ । यसमा व्यवसायीहरूसमेत सहमत भएका छन् ।”

चाडपर्वमा यात्रुको आवागमन सहज र सुरक्षित यात्रा बनाउन भाडादर नियमनमा कडाइ गर्ने निर्णय गरिएको जिल्ला प्रशासनले जनाएको छ । हरेक वर्ष चाडपर्वमा घर जाने र फर्कने यात्रुको चाप बढ्ने हुँदा यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने, क्षमताभन्दा बढी यात्रु चढाउनेलगायत समस्या देखिँदै आएकाले यसपटक प्रशासनले विशेष निगरानी गर्ने प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रशासन र यातायात व्यवसायीबीच यसअघि भएको बैठकले तोकेको भाडादरअनुसार दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी बसको भाडा रु एक हजार ६१०, दिक्तेल–धरान तथा धरान–दिक्तेलको एकतर्फी बसको भाडा रु एक हजार ५०० कायम गरिएको थियो । जिपमा दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार तथा दिक्तेल–धरान–विराटनगर तथा विराटनगर–धरान–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार १०० कायम गरेर कार्यान्वयनमा ल्याइएको छ ।

छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनलाई यसअघि निर्धारण गरिएको दरअनुसार यात्रुबाट भाडा लिएर यात्रा गराउन प्रशासनले आग्रह गरेको छ । जिल्लामा निर्धारण गरिएको भाडादर अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण समिति र यातायात व्यवसायी सङ्घ तथा विभिन्न संस्था सम्मिलित संयुक्त टोली खटाइने प्रशासन कार्यालयले जनाएको छ ।

देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा सञ्चालित सबै यातायातका साधनको भाडादर पुरानै रहनेगरी कायम गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । “गत भदौ २३ र २४ गते भएको जेनजी प्रर्दशनपछि मुलुक रोइरहेको छ ।

यस्तो अवस्थामा सबै समस्या र चिन्तामा छन्”, उहाँले भन्नुभयो, “देश निर्माणका लागि यातायात व्यवसायीको महत्त्वूर्ण भूमिका हुन्छ । यात्रुको सहजताका लागि हाललाई पुरानै भाडादर कायम गरेका हौँ । यदी कसैले तोकिएको भाडादरभन्दा बढी लिएको खण्डमा कारबाहीको दायरामा ल्याउँछौँ ।”

दश स्थानीय तह रहेको जिल्लाका सबै ठाउँमा यातायातका साधन सञ्चालन हुन्छन् । जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने यातायातका साधनबाट यात्रुहरू सबैभन्दा बढी ठगिने गरेका गुनासो आउने गरेको छ । रासस