२९ मंसिर २०८२, सोमबार
,
Latest
राखुका किसानलाई सुन्तला ढुवानीको समस्या लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर पासोमा फसेको चितुवाको उद्धार राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर… एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली राजमार्गको चारआली र चारपानेमा ओभरपास निर्माण सुरु



तस्बिर: फाइल फोटो
अ+ अ-

झापा। पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति गर्ने क्रममा झापाको दुई स्थानमा ओभरपास निर्माण सुरु भएको छ । मेचीनगरको चारआली र विर्तामोडको चारपाने क्षेत्रमा ओभरपास निर्माण थालिएको हो ।

सरकारले एसियाली विकास बैंकको सहयोगमा पूर्व-पश्चिम राजमार्गलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । झापाको काँकडभिट्टाबाट सुनसरीको लौकहीसम्मको ९५ दशमलव ७६ किलोमिटरमा ठेक्कामार्फत निर्माण तीव्र गतिमा भइरहेको हो ।

यातायातको बढी चाप हुने सहरी क्षेत्रमा ओभरपास निर्माण गर्ने योजना रहेको काँकरभिट्टा-लौकही सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख एवं इञ्जिनियर सुनिलबाबु पन्तले बताउनुभयो । चारआलीमा चोकबाट पूर्वतर्फ दुई सय ५१ मिटर र पश्चिमतर्फ दुई सय २६ मिटरतर्फ ओभरपास निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

चारपानेमा चोकबाट पूर्वतर्फ दुई सय सात मिटर र पश्चिमतर्फ तीन सय आठ मिटर ओभरपास निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ । विर्तामोडमा ओभरपास बनाउने योजना भए पनि हालसम्म निर्माण सुरु भएको छैन । विर्तामोडको मुक्ति चोकबाट पूर्वतर्फ दुई सय मिटर र पश्चिमतर्फ तीन सय ९० मिटर ओभरपास निर्माणको लक्ष्य रहेको छ । “चारआली र चारपानेमा ओभरपासका लागि यातायात सहजताका लागि डाइभर्सन बनाएर बेस बनाउन थालिएको हो”, इञ्जिनियर पन्तले भन्नुभयो ।

पूर्वीखण्डको काँकडभिट्टा-केर्खा खण्डको ४५ किलोमिटर निर्माणसम्बन्धी ठेक्का इभरस्कोन कालिका जेभीले रु १० अर्ब छ करोडमा लिएको छ । यस खण्डमा तीन सय मिटरभन्दा साना १८ वटा र ठूला तीन वटा पुल निर्माणाधीन अवस्थामा छन् भने एक सय ४० वटा कल्भर्ट निर्माण गरिने इञ्जिनियर पन्तले जानकारी दिनुभयो ।

काँकडभिट्टाबाट केर्खासम्मको पूर्वी खण्ड हेर्नका लागि दमकमा र केर्खाबाट इटहरीसम्मको पश्चिमी खण्डको निर्माण हेर्नका लागि इटहरीमा कार्यालय रहेका छन् । काँकडभिट्टाबाट इटहरीसम्मको १० स्थानमा ओभरपास निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ । रासस