२१ मंसिर २०८२, आईतवार
,
Latest
लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पब्लिक स्पिच नेपाल’को विजेता जाजरकोटका दिपक



अ+ अ-

काठमाडौँ । जाजरकोटका १९ वर्षीय दिपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बन्नुभएको छ । आज यहाँ आयोजित प्रतियोगिताको अन्तिम चरणको कार्यक्रममा उहाँ विजयी हुँदै ट्रफीसहित रु ५० हजारबाट पुरस्कृत हुनुभयो ।

बागेश्वरी असल शासन क्लब (बास नेपाल)को आयोजनामा भएको प्रतियोगितामा मेलिशा कार्की द्वितीय हुनुभएको छभने दिपक परियार तृतीय हुनुभयो । उहाँहरू क्रमश: रु ३० हजार र रु २० हजारसहित पुरस्कृत हुनुभयो ।

यसैगरी, रु २० हजारसहित उमा कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गर्नुभयो । प्रोत्साहन पुरस्कार प्रार्थना अधिकारी र सान्त्वना पुरस्कार तोरिशा भण्डारीले प्राप्त गर्नुभयो ।

प्रतियोगीहरूले भ्रष्टाचार नियन्त्रण, बौद्धिक पलायन, अपाङ्गता, समावेशिता र प्राकृति संरक्षणलगायत विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, ‘मोटिभेसनल स्पिकर’ डा ताराप्रसाद गिरी र वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत रहनुभएको बास नेपालका अध्यक्ष नमस्कार शाहले जानकारी दिनुभयो ।