८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जेनजी आन्दोलनका लुटपाट, तोडफोड र आगजनीको घटना छानविनका लागि आयोग गठन गर्न काँग्रेसको माग

जेनजी आन्दोलनका लुटपाट, तोडफोड र आगजनीको घटना छानविनका लागि आयोग गठन गर्न काँग्रेसको माग
अ अ+ अ-

काठमाडौँ ।  नेपाली काँग्रेसले जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटको घटना छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

शुक्रवार आगजनीले खण्डहर बनेको पार्टी पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रिय कार्य समिति समितिको बैठकले सो माग गरेको हो ।

खर्बौंको सार्वजनिक तथा निजी सम्पती क्षति गरिएको सो घटनाप्रति निन्दा र भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सो आयोग तत्काल गठन गर्न सरकारसँग माग गरिएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनु भयो । बैठकले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रिय सदस्य डा. आरजु राणा देउवामाथि अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाको पनि कडा शब्दमा निन्दा गरेको छ । सभापति देउवा दम्पतीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनु भयो । नेपाली काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षार्थ विभिन्न राजनीतिक दल, नागरिक समाजलगायत सबै सरोकारवालाहरुसँग गहन परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिको पक्षमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने संकल्प पनि गरेको छ ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो, ‘निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी तथा लुटपाटबाट खर्वौको सार्वजनिक तथा निजी सम्पत्ति क्षति गरिएको घटनाप्रति कार्य सम्पादन समितिको यो बैठक कडा शब्दमा निन्दा र भत्सर्ना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायिक छानविन आयोग गठनको माग गर्दछ । संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व गर्ने मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्था उचित निकास पनि यही संविधान भित्र खोज्न सकिन्छ भन्ने हाम्रो दृढ विश्वास अझै रहेको छ । संविधान मुलुकको सर्वोच्च कानून भएकाले कुनैपनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्छ भन्ने हाम्रो विश्वास छ ।’

‘वर्तमान संविधानको संरक्षण र पालनासँगै मुलुकको सफलता र देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प गर्दै यस्तो चुनौतिपूर्ण अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षार्थ नेपाली काँग्रेस विभिन्न राजनीतिक दल, नागरिक समाजलगायत सबै सरोकारवालाहरुसँग गहन परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गर्दछ । भाद्र २३ र २४ गते जेनजी अर्थात नयाँ पुस्ताको प्रर्दशनले अघि सारेका मुद्दाहरु भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति एवम् सामाजिक सञ्जाल सुचारु गर्ने जस्ता जायज मागलाई आत्मासात गर्दै कार्य सम्पादन समितिको यो बैठक तिनलाई विधिवत रुपमा सम्बोधन गर्न नेपाली काँग्रेस सदैव प्रतिवद्ध रहेको ठहर गर्दछ । लोकतन्त्रका लागि आजसम्म अविचलित संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवा र पार्टीका केन्द्रिय सदस्य डा. आरजु राणा देउवामाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाको नेपाली काँग्रेस कडा शब्दमा निन्दा र भत्सर्ना गर्दछ । र, साथै उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । अन्त्यमा बदलिएको परिस्थितिमा पार्टीलाई थप सवल, सुदृढ र। गतिशील बनाउँदै लैजानुपर्नै ऐतिहासिक दायित्वलाई हृदयंगम गर्दै सबैलाई संयम र एकतावद्ध राख्न स्वदेश तथा विदेशमा रहेका हाम्रा सदस्य,m समर्थक, शुभचिन्तक र समस्त नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा पुनः हार्दिक अपिल गर्दछ ।’ 

नेपाली काँग्रेसले मुलुक चूनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै अझै सवल, सुदृढ र एकतावद्ध भएर अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।