१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका लुटपाट, तोडफोड र आगजनीको घटना छानविनका लागि आयोग गठन गर्न काँग्रेसको माग



अ+ अ-

काठमाडौँ ।  नेपाली काँग्रेसले जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटको घटना छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

शुक्रवार आगजनीले खण्डहर बनेको पार्टी पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रिय कार्य समिति समितिको बैठकले सो माग गरेको हो ।

खर्बौंको सार्वजनिक तथा निजी सम्पती क्षति गरिएको सो घटनाप्रति निन्दा र भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सो आयोग तत्काल गठन गर्न सरकारसँग माग गरिएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनु भयो । बैठकले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रिय सदस्य डा. आरजु राणा देउवामाथि अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाको पनि कडा शब्दमा निन्दा गरेको छ । सभापति देउवा दम्पतीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनु भयो । नेपाली काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षार्थ विभिन्न राजनीतिक दल, नागरिक समाजलगायत सबै सरोकारवालाहरुसँग गहन परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिको पक्षमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने संकल्प पनि गरेको छ ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो, ‘निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी तथा लुटपाटबाट खर्वौको सार्वजनिक तथा निजी सम्पत्ति क्षति गरिएको घटनाप्रति कार्य सम्पादन समितिको यो बैठक कडा शब्दमा निन्दा र भत्सर्ना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायिक छानविन आयोग गठनको माग गर्दछ । संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व गर्ने मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्था उचित निकास पनि यही संविधान भित्र खोज्न सकिन्छ भन्ने हाम्रो दृढ विश्वास अझै रहेको छ । संविधान मुलुकको सर्वोच्च कानून भएकाले कुनैपनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्छ भन्ने हाम्रो विश्वास छ ।’

‘वर्तमान संविधानको संरक्षण र पालनासँगै मुलुकको सफलता र देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प गर्दै यस्तो चुनौतिपूर्ण अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षार्थ नेपाली काँग्रेस विभिन्न राजनीतिक दल, नागरिक समाजलगायत सबै सरोकारवालाहरुसँग गहन परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गर्दछ । भाद्र २३ र २४ गते जेनजी अर्थात नयाँ पुस्ताको प्रर्दशनले अघि सारेका मुद्दाहरु भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति एवम् सामाजिक सञ्जाल सुचारु गर्ने जस्ता जायज मागलाई आत्मासात गर्दै कार्य सम्पादन समितिको यो बैठक तिनलाई विधिवत रुपमा सम्बोधन गर्न नेपाली काँग्रेस सदैव प्रतिवद्ध रहेको ठहर गर्दछ । लोकतन्त्रका लागि आजसम्म अविचलित संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवा र पार्टीका केन्द्रिय सदस्य डा. आरजु राणा देउवामाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाको नेपाली काँग्रेस कडा शब्दमा निन्दा र भत्सर्ना गर्दछ । र, साथै उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । अन्त्यमा बदलिएको परिस्थितिमा पार्टीलाई थप सवल, सुदृढ र। गतिशील बनाउँदै लैजानुपर्नै ऐतिहासिक दायित्वलाई हृदयंगम गर्दै सबैलाई संयम र एकतावद्ध राख्न स्वदेश तथा विदेशमा रहेका हाम्रा सदस्य,m समर्थक, शुभचिन्तक र समस्त नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा पुनः हार्दिक अपिल गर्दछ ।’ 

नेपाली काँग्रेसले मुलुक चूनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै अझै सवल, सुदृढ र एकतावद्ध भएर अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।