८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जेनजी आन्दोलनमा ध्वस्त संरचना पुनर्निर्माणमा जुट्न मन्त्री घिसिङको आह्वान

जेनजी आन्दोलनमा ध्वस्त संरचना पुनर्निर्माणमा जुट्न मन्त्री घिसिङको आह्वान
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्र निर्माणमा अभियान जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।

जेन—जी आन्दोलनको क्रममा आगजनी, तोडफोड गरेर मुलुकका धेरै भौतिक संरचना ध्वस्त भएको उल्लेख गर्दै मन्त्री घिसिङले सबैलाई एकतावद्ध भएर पुनर्निर्माणको काममा केन्द्रित हुन आग्रह गर्नुभएको हो ।

शुक्रवार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको कार्यालयमा श्रमदान अभियानमा सहभागी हुनुभएका उहाँले पुनर्निर्माणको काममा देशविदेशमा रहेका सबै नेपालीहरुले सक्दो सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । सरकारले ध्वस्त संरचना निर्माणका लागि छुट्टै कोष खडा गरेर अघि बढेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यसमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोगका लागि पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संरचनाहरु धेरै ध्वस्त भएको छ । काठमाडांैमा मात्रै होइन, देशैभरी करिव ३ सय घरहरु ध्वस्त भएका छन् । पुलिसलगायत सुरक्षा निकायका संरचनाहरु ध्वस्त भएका छन । हजार भन्दा बढि सवारी साधनहरु ध्वस्त भएका छन् । अब पहिला गर्नुपर्ने काम सरसफाई गरेर प्रयोगमा ल्याउनुपर्ने र पुनर्निर्माण गर्नुपर्ने काम एक, २ महिना भित्र सक्ने । अरु लामो समय लगाएर गर्नुपर्ने काम पनि शुरु गरिसकेका छौं । यसमा सरकारले गर्ने काम गर्छ नै । यो विषयमा आम नागरिकले पनि गरोस् भनेर कोष खडा गरेका छौं । यसबारे क्याविनेटले निर्णय गरेर अघि बढेको छ । यसमा देशविदेशमा रहेका साथीहरुको रकम जम्मा गरेर र उहाँहरुले कसरी सहयोग गर्नुहुन्छ ? सबै सहयोगको अपेक्षा गरेका छौं । भोलेन्टियर साथीहरुले पनि सहयोग गर्न शुरु गर्नुभएको छ । पूर्वाधारहरु क्षतिग्रस्त भएका छन् । देशभरी धैरै सरकारी संरचनाहरु ध्वस्त भएका छन् । जलेका छन । अब हामी यो पूर्वाधार नेपालको हाम्रो पुर्वाधारलाई हामी आफैँ बनाउनुपर्छ भन्ने महाअभियानका साथ यो भोलेन्टियर्स साथीहरुले जुन काम शुरु गर्नुभएको छ । उहाँहरुको कामलाईं धेरैधेरै धन्यवाद छ । यो अभियान सरसफाई अभियान र पुनर्निर्माण अभियानलाई हामीले देशभर आजबाट हामीले शुरुवात गरेका छौं । सबै भोलेन्टियर्स साथीहरुलाई ठाउँठाउँमा सेक्टरवाईज आएर अगाडि बढ्नलाई म हार्दिक अनुरोध गर्दछु । यो देश बनाउने अभियान, देशको पुनर्निर्माणको जागरण अभियान पनि हो । र देश बनाउने अभियान पनि हो ।’

‘सबै साथीहरु संलग्न हुनका लागि हार्दिक अनुरोध गर्दछु । देशमा रहेका र विदेशमा रहेका सम्पूर्ण साथीहरुले यसमा एकतावद्ध भएर ऐक्यवद्धता जनाएर अघि बढ्न पनि हार्दिक अनुरोध गर्दछु । हाम्रा धेरै संरचनाहरु ध्वस्त भएका छन् । करिव डेढ २ खर्व भन्दा बढिको संरचनाहरु ध्वस्त भएका छन । यी संरचनाहरुलाई हामी नेपालीहरुले नै श्रमदानबाट र आर्थिक सहयोग जुटाएर र नेपालीहरुले नै बनाउनु पर्छ भन्ने अभियानको रुपमा यसलाई लिएका छौं । र सरकारले एउटा पुनर्निर्माण कोष पनि खडा गरेको छ । विदेशमा रहेका सम्पूर्ण साथीहरु, नेपालमा रहेका सम्पूर्ण साथीहरु विभिन्न क्षेत्रमा काम गर्ने साथीहरुले यो कोषमा आफूले सकेको आफ्नो इच्छा अनुसारको योगदान जति गर्न सकिन्छ । त्यो गरेर देश विकासको यो महाअभियानमा यो पुनजागरणको अभियानमा सहभागी हुन म हार्दिक अनुरोध गर्दछु । विदेशमा रहेका साथीहरुको यसमा धेरै सहयोग रहनेछ भन्नेमा म एकदम आशावादी छु । विभिन्न देशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुको धेरै नै सहयोगको हामीले अपेक्षा गरेका छौं । र उहाँहरुका विषयमा पनि केही कुराहरु सरकारले एड्रेस गर्नेछ ।

‘उहाँहरुको भोटिङ राईटदेखि लिएर नागरिकता विषय र भिसाका इस्यूहरुमा सम्बोधन गर्नुपर्छ भनेर त्यसतर्फ छलफल पनि गरिरहेका छौं । यो विषयमा हामी सबै नेपालीहरु एक भएर अब देश निर्माण तिर अगाडि बढनु पर्छ । अव देशमा धेरै नै गम्भिर परिस्थिति निर्माण भयो । यो् गम्भिर परिस्थितिलाई अव सहजीकरणतिर अघि बढेर सबैको सहभागिता, सहयोग, सहकार्यमा सबै सहभागी भएर एक भएर अघि बढनु पर्छ । अव हामी विध्वंशतिर भन्दा पनि निर्माणतिर अगाडि बढ्नुपर्छ । सबैलाई एक भएर अघि बढ्न म सबैलाई आग्रह गर्दछु । आजको कार्यक्रम हामीले शुरु गरेका छौं । यो सुरुवात हो । काठमाडौं मात्रै होइन, देशब्यापी रुपमा सबै जनजी पुस्ताका साथीहरु अव यो पुनर्निर्माण र पुनर्जागरण अभियानमा संलग्न हुन पनि म हार्दिक अनुरोध गर्दछु ।’

त्यस अवसरमा मन्त्री घिसिङले ध्वस्त भएका संरचनाहरुको व्यवस्थापनको कामलाई तिब्रता दिने पनि बताउनु भयो ।