१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनबाट क्षति पुगेका भौतिक संरचनाहरुमा रङरोगन हुँदै



अ+ अ-

जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सिंहदरबारस्थित मन्त्रालयका भवनहरुमा  रङरोगन शुरु गरिएको छ ।

भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद भवन, अदालतहरुमा आगजनी र तोडफोड गरिएको थियो । उक्त भवनहरुको अहिले  रङरोगन शुरु गरिएको छ । साथै छिटै पुनःनिर्माण गरिसक्ने सरकारको लक्ष्य छ ।

जेन जीको आन्दोलनबाट हालसम्म् ७४ जनाको ज्यान गएको छ । सरकारी सम्पती, निजी भवनहरु, व्यपारिक केन्द्रहरुमा तोडफोड र आगजनी गर्दा खर्बौंको क्षति भएको छ । जेन जी पुस्ताको आग्रहमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँगै फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ । समयमै निर्वाचन गराउन सबैले जोड दिनुपर्ने आवाज उठिरहेको बेलामा सुरक्षाकर्मीहरुको मनोबल बढाइ, भौतिक संरचनाहरु पनि ठिक पार्नुपर्ने दायित्व अहिलेको सरकारलाई छ ।

साथै संसद भवन जलेर ध्वस्त भएकाले नयाँ भवनबाट आगामी संसदको बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसको तयारी पनि अन्तरिम सरकारले गर्नुपर्नेछ ।