१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस सरकार बाढीपीडित नागरिकसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरु सामाजिक सञ्जालमा रमाइरहेका छन्ः झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको मृत्यु भएको छ ।

उक्त सडकमा बाग्मती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने सङ्खुवासभा घर भएका ६८ वर्षीय जशबहादुर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनापछि फरार भएका बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैबीच, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित दुई वटा पसलमा आगलागी भएको छ । उक्त आगलागीबाट रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

दोलखा तामाकोशी गाउँपालिका–६ घर भएका राम्जी फुयालको रङ पसल र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–५ घर भएका राजन श्रेष्ठको ग्रिल पसलमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । रासस