२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ



अ+ अ-

नेपालगञ्ज। बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष शालिकराम पाठक र दीपक टमाटालाई प्रहरीले सो आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

पाठकलाई नेपालगञ्जको जयसपुरस्थित घरबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको जानकारी दिँदै उहाँले पाठक आगजनी र तोडफोडमा, टमाटा लुटपाटमा संलग्न रहेको बताउनुभयो ।

जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका सरकारी कार्यालयले सरकारी कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्नेहरूको तथ्य, प्रमाण, भिडियोलगायतका सामग्री उपलब्ध गराउन सूचना जारी गरेको केही दिनमै उनीहरु पक्राउ परेका हुन् ।

नेपालगञ्जमा जेनजी प्रदर्शनका क्रममा दर्जनौँ सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो ।रासस