५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

तोकिएकै मितिमा निर्वाचन गराउन एमाले दृढ छः सचिव भट्टराई

तोकिएकै मितिमा निर्वाचन गराउन एमाले दृढ छः सचिव भट्टराई
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफूहरुले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको उहाँको भनाइ छ । उहाँले जेन–जी पुस्ताको आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको पनि बताउनु भयो । संविधान दिवसलाई आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको स्मरणका रुपमा देशभर मनाउने पनि उहाँको भनाइ छ । मुलुक राजनीतिक संकटको अवस्थामा रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था राजनीतक दलहरुबीच सहानुभुति र सहकार्यको आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन ढंगले संरचनाहरु क्षति भएका छन् । देशभरको क्षतिको विवरण हामी लिँदैछौं । त्यही क्रममा हाम्रो पार्टी कार्यालयमा पनि क्षति भएको छ । संरचना, कागजात र गाडीहरु पनि जलेका छन् । अरु दलहरुका कार्यालयको अवस्था पनि त्यस्तै भएको छ । हिजो हामीले नेपाली काँग्रेसको पार्टी कार्यालयको अनुगमन गरेका थियौं । आज काँग्रेसका उपसभापति लगायत नेताहरु आएर हाम्रो पार्टी कार्यालयहरुको अनुगमन गर्नुभएको छ । यो बेलामा पार्टीहरुबीच सहानुभुति र सहकार्य गर्ने र कसरी अगाडि बढ्ने बेला पनि हो । देशभरी जहाँपनि संरचनाहरु जलेका छन् । त्यसका लागि दुःख र सहानुभुति व्यक्त गर्दर्छौं । अब अलि नयाँ ढंगले जाने संकल्प पनि हामीले गरेका छौं । पर्सि परेको संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभुतिको रुपमा देशभर मनाउने छौं । साथै लोकतान्त्रिक प्रक्रियालाई फेरी लयमा फर्काउने र शान्तीपूर्ण ढंगले निर्वाचन गराउने संकल्प गर्ने दिन पनि हो असोज ३ गते त्यहीअनुसार अघि बढ्छौं ।’

बुधवार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस नेताहरुले एमालेको क्षतिग्रस्त केन्द्रिय कार्यालयका संरचनाहरुको अवलोकन समेत गरेका छन् ।