८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

असोजका लागि वाणिज्य बैंकहरुले गरे नयाँ व्याजदर निर्धारण

असोजका लागि वाणिज्य बैंकहरुले गरे नयाँ व्याजदर निर्धारण
अ अ+ अ-

काठमाडौँ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ व्याजदर निर्धारण गरेका छन् । बैंकहरुले जारी गरेको विवरणअनुसार भदौको तुलनामा असोजमा औषध व्याजदर घटेको छ ।

भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले असोजमा औसतमा ५.४६ प्रतिशत बिन्दुकार दरले ब्याजदर दिने भएका छन् । बैंकहरुले चालु आर्थिक वर्षको शुरुदेखि नै व्याजदर घटाउने क्रममा निन्तरता दिएका हुन् ।

असोजका लागि ९ वटा बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बंैकले भदौ महिनाकै व्याजदरलाई यथावत राखेका छन् । दुई वटा बैंकहरुले भने व्याजदर बढाएका छन् । असोज महिनाको लागि लक्ष्मी सनराईज र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्याजदर बढाएका हुन् । लक्ष्मी सनराईजले ५.२५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५.१८ प्रतिशत व्याजदर कायम गरेको छ ।

५ वटा बैंकले सबैभन्दा बढी ६ प्रतिशतसम्म ब्याज दिने जनाएका छन् । एनआईसी एशिया, माछापुच्छ«े, ग्लोवल आईएमई, एनएमवी र हिमालयन बैकले ६ प्रतिशत व्याजदर दिन लागेका हुन् । यीमध्ये एनआईसी एशियाले ६.२५ प्रतिशतबाट घटाएर ६ प्रतिशत व्याजदर कायम गरेको हो भने अन्य बैकहरुको भदौ महिनाकै यथावत हो ।

प्राईम कमर्सियल बैंकले ६ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ । सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैक, नविल बैंकले पनि समान ५.५ प्रतिशत व्याजदर कायम गरेको छन् । यी बैंकहरुले भदौकै व्याजदरलाई निरन्तरता दिएका हुन् । प्रभु बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैकले पनि भदौ महिनाकै व्याजदर यथावत राखेका छन् । भदौमा प्रभुले ५.३५ र नेपाल ईन्भेष्टमेण्ट मेगाले ५.२५ प्रतिशत व्याजदर कायम गरेका छन् ।

सानिमा, एभरेष्ट, सिटिजन, नेपाल बंैक, लक्ष्मी सनराईज बैंकले समान ५.२५ प्रतिशत व्याजदर तोकेका छन् । यसैगरी नेपाल एसवीआईले ५.१८, कृषि विकास बैंकले ५.०५ र कुमारी बैंकले ५.०१ प्रतिशत व्याजदर असोज महिनाको लागि तोकेका छन् । भदौमा सानिमा र एभरेष्टको समान ५.७५, सिटिजनको ५.५, नेपाल बैकको ५.४, लक्ष्मी सनराईज बैंकको ५, नेपाल एसवीआईको ५.२५, कृषि विकास बैकको ५.२ र कुमारी बंैकको ५.२१ प्रतिशत व्याजदर तोकिएको थियो ।