१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी प्रदर्शनका घाइतेका लागि रक्तदान कार्यक्रम



अ+ अ-

काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलनमा घाइते भएका बिरामीहरुका लागि भनेर फास्ट फुड एशोसिएशन नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

२३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका घाइतेहरुलाई रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष होमराज श्रेष्ठले बताउनु भयो । उहाँकाअनुसार बुधवार बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान गर्न सकिनेछ । उहाँले उपचाररत युवाहरुलाई रगतको अभाव हुन नदिन रक्तदान गरी सहयोग गरिदिन सबैलाई आग्रह समेत गर्नुभयो ।

जेन–जी आन्दोलनका मृत्यु हुनेको संख्या ७३ पुगेको छ । सयौं युवाहरु उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचाररत हुनुहुन्छ ।