१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव छैन, आपूर्ति प्रणाली चुस्त छ’



अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनपछि बजारमा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति, उपलब्धताकाबारे अनेक अड्कलबाजी भइरहेका बेला सरकारले भने आपूर्ति प्रणाली चुस्तदुरुस्त रहेको र त्यस्ता उपभोग्य वस्तुहरुको अभाव नरहेको स्पष्ट पारेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजेश ज्ञवालीले जेन जी आन्दोलन र त्यसपछिको बजारको अवस्थालाई मध्यनजरमा राख्दै आपूर्ति प्रणालीसँगै उपभोग्य वस्तुहरुको उपलब्धतालाई नजिकबाट नियालिरहेको बताउनु भयो । उहाँकाअनुसार अहिले  मनशुसनको समय र चाडपर्व पनि नजिका छन् । बजारमा दैनिक उपभोग्य लगायतका सामग्रीहरुको आपूर्तिको व्यवस्थापनलाई अझ सहज पार्न अहिले दैनिक जसो स्टेक होल्डरहरु अर्थात निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघसँग पनि छलफल भइरहेको छ ।

सरकारले वस्तुको उपलब्धताको स्थिति हेर्दा भन्सार नाकाबाट नेपालमा आउने सामानहरुको विगतको आयातको अवस्था र अहिलेको आयातको अवस्थाालाई पनि गहिरोसँगै विश्लेषण गरेको महानिर्देशक ज्ञवाली बताउनुहुन्छ । आयातको अवस्था हेर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म खाद्यन्न लगायतका समग्रीहरु बढी नै आयात भएको छ । जसको कारण वर्तमान अवस्थामा दैनिक उपभोग्य लगायतका अत्यावश्यक वस्तुहरुको अभावको अवस्था नदेखिने उहाँको भनाइ रहेको छ । आगामी चाडपर्वको समयमा समेत बजारमा खाद्यपदार्थहरुको अभावको अवस्था नहुने उहाँले प्रष्ट पार्नुभएको छ ।

स्टक पर्याप्त

महानिर्देशक ज्ञवालीकाअनुसार अहिले दैनिक उपभोग्य वस्तुको स्टक पर्याप्त छ । निजी क्षेत्रको अलवा सरकार स्वयमले आफ्ना साल्ट टे«डिङ, खाद्य  संस्थान लगायतका निकायबाट केही खाद्यपदार्थहरु सरकारले स्टक राख्ने गरेको छ । अहिलेको स्टक हेर्दा चिनी, दाल, चामल, तेल, नुन लगायतको अत्यावश्यक खाद्य पदार्थ साल्ट टे«डिङसँग पर्याप्त मात्रमा छ । आयातको अवस्थाको विश्लेषण गर्दा धान, चामल, फलफूल, तरकारीजस्ता दैनिक अत्यावश्यक वस्तुहरु त्यो गत वर्षको परिणाम भन्दा बढी परिणाम भित्रिरहेको छ त्यसैले अभाव हुने स्थिति छैन् ।

महानिर्देशक ज्ञवालीले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भन्नुभयो– ‘चाडपर्वको बेला उपभोक्ता बजारमा जाने र कारोबारहरु पनि बढी हुने गरेको छ । त्यतिबेला बजार हुनसक्ने आवाञ्छित गतिविधि हुनसक्ने सम्भावना हुन्छ । अहिलेको भर्खरै जेन जी आन्दोलन भर्खरै भएको र समय पेचिलो, फरक खालको भएकाले यसको फाइदा उठाएर बजारमा अभावको स्थीति सिर्जना गर्न सक्ने हुनसक्छन् । यसैलाई मध्यनजर गरेर वाणिज्य तथा आपूर्ति विभागले सार्वजनिक रुपर्मै आपूर्तिकर्ता निजी क्षेत्रलाई बजारमा अभाव सिर्जना गर्ने, समानहरु स्टक राख्ने, मूल्यवृद्धि गर्ने काम नगर्न भनिएको छ । उपभोक्तालाई पनि बजारमा खाद्य पदार्थको अभाव हुने अनुमानका आधारमा आफूलाई आवश्यक भन्दा धेरै खाद्य पदार्थ किनमेल गर्ने,  संकलन गर्ने र भण्डार गर्ने जस्ता गतिविधिहरु उपभोक्ताको तर्फबाट हुने गरेको र जसका कारण बजारमा अभाव हुनसक्ने भएकाले वाणिज्य विभागले उपभोक्तालाई बजारमा खाद्यन्न पदार्थको अभाव छैन, आवश्यक भन्दा बढि परिणाममा खाद्य पदार्थ संकलन नगर्न भनेको छ । यसक्षेत्रमा क्रियाशिल उपभोक्ताकर्मी, संघ संस्थालाई यसविषयमा चनाखो रहन भनिएको छ ।’

महानिर्देशक ज्ञवालीकाअनुसार सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निजी क्षेत्रका छाता संगठन लगायत सरोकारवालाहरु छलफल भएको छ । छलफलमा निजी क्षेत्रको सबै छाता संगठनले बजारमा अहिले अत्यावश्यक वस्तुहरुको अभाव नरहेको जानकारी गराएका थिए । यसबारे निजी क्षेत्र स्वयंले सार्वजनिक रुपमै आफ्ना धारणाहरु बाहिर ल्याएका छन् । निजी क्षेत्रले आफू अन्तर्गतका वस्तुगत संघहरुलाई बजारमा अभाव सिर्जना नगर्ने, कालोबजारी नगर्ने, अवान्छित मुल्यवृद्धि नगर्ने, सहजरुपमा आपूर्ति व्यवस्थापन मिलाउने लगायतको सहजिकरण गरेको उहाँले बताउनु भयो ।चाडपर्वमा उपभोक्ता ठगीमा नपरुन् भन्ने हिसावले सचेतना, सहजिकरण गर्ने र जनचेतना फैलाउने काम विभागले गरिरहको छ ।

दशैँ लक्षित अनुगमन हुने

विभागकाअनुसार बजारमा सूचनाकाअनुसार कतै अवाञ्छित गतिविधि भए अनुगमनमा जाने तयारी छ । कार्ययोजना अनुसारको अनुगमनमा जाने, त्यस्ता खालका अवाञ्छित गतिविधि भएको देखिए कारबाही गरिने महानिर्देशक ज्ञवालीले बताउनु भयो । उहाँका अनुसार अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने लगायतका कार्य उपभोक्ता संरक्षण ऐन विपरित हुन् । त्यस्ता कार्य देखिए त्यसलाई नियन्त्रण गरिनेछ । कानुनको अधिनमा रहेर उच्चतम तहको कारबाही गरिने ज्ञवालीको भनाइ रहेको छ ।

महानिर्देशक ज्ञवालीले भन्नुभयो– ‘खासगरी निजी क्षेत्र जो बजारमा उत्पादक, विक्रेता, आयातकर्ताका रुपमा क्रियाशिल रहने गरेको छ र आम उपभोक्तालाई अहिलेको समय विषम परिस्थितिको समय रहेकाले चाडपर्वको समय समेत भएकाले आम सर्वसाधरणले उपयोग गर्ने दैनिक उपभोग्य खाद्य सामग्री लगायतका वस्तु र सेवामा कुनै प्रकारको अवाञ्छित क्रियाकलाप गरिनुहुँदैन । अभाव सिर्जना गर्दै अवाञ्छित गतिविधि भए त्यो मान्य हुनेछैन । स्टक राख्ने लगायतका काम गर्नु हुँदैन । सहज आपूर्तिका लागि निजी क्षेत्रले सहयोग गर्नुपर्छ र उपभोक्तालाई सेवा प्रवाह गर्नुपर्छ । बजारमा उपभोग्य वस्तुहरुको अभाव नभएको र आगामी दिनमा पनि नहुने भएकाले आवश्यक भन्दा बढी स्टक नगर्न अनुरोध गर्दछौं । बजारमा उपभोक्ताले किनमेल गर्दा बिल लिने दिने गर्ने, म्याद ग्रुजेको हो होइन हेर्नुपर्छ ।’

यदी बजारमा त्यस्ता अवाञ्छित खालका गतिविधि भएका छन् भने कसैले सूचना दिए तत्कालै अनुगमन हुने उहाँको भनाइ छ । अनुगमनका लागि जनशक्तिको अभाव नरहेको, चाडपर्वको बेला एकीकृत तवरले बजारमा जाने रणनीति बनेको ज्ञवालीले बताउनु भयो । एकीकृत रणनीतिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नापतौल विभाग लगायतका निकायहरुसँगको समन्वयमा बजार अनुगमन गर्ने विभागको तयारी छ ।