८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जेनजी आन्दोलनको प्रभावः अर्थ मन्त्रालयले गुमायो ‘प्रिफ्याव’ भवनसहित दर्जनौँ सवारी साधन

जेनजी आन्दोलनको प्रभावः अर्थ मन्त्रालयले गुमायो ‘प्रिफ्याव’ भवनसहित दर्जनौँ सवारी साधन
अ अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालयले ठूलो क्षति व्यहोर्नुपरेको छ । मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार अर्थ मन्त्रालयको बजेट महाशाखा रहेको प्रिफ्याव भवन पूर्णरुपमा क्षति भएको छ ।

अर्थ मन्त्रालयका १६ वटा चारपांग्रे सवारी साधन, ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटर पूर्ण रुपमा क्षति भएका छन् ।

आन्तरिक राजश्व विभाग मातहतका दमक, ईटहरी, विराटनगर, लाहन, जनकपुर, सिमरा, हेटौडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ्ग, धनगढी, डडेल्धुरा र पोखरास्थित आन्तरिक राजश्व कार्यालयहरु पूर्णरुपमा क्षति भएको साथै कृष्णनगर र धुलिखेलस्थित आन्तरिक राजस्व कार्यालयहरु एवं ईलाम र सिन्धुली जिल्ला स्थित करदाता सेवा कार्यालयहरुमा आंशिक रुपमा क्षति पुगेको छ । भन्सार विभाग मातहतका मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालयहरु पूर्ण रुपमा क्षति भएका र विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी भन्सार कार्यालयहरु आंशिक रुपमा क्षति पुगेको अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिनुभयो । उहाँकाअनुसार महालेखा नियन्त्रक कार्यालय मातहतका काठमाडौं उपत्यकाका ३ र उपत्यका बाहिरका ४ गरी जम्मा ७ वटा कोष तथा नियन्त्रक कार्यालयको भौतिक संरचनामा क्षति पुगेको छ ।

आन्दोलनका क्रममा ठूलो क्षति भएपनि अर्थमन्त्रालय र सो मातहतका निकायले आफ्नो सेवा भौतिक रुपमा दिन थालिसकेका छन् । प्रवक्ता पाण्डेयले भन्नुभयो–‘मिति २०८२ भाद्र २३ र २४ भएको प्रदर्शनबाट यस मन्त्रालय र अन्तर्गतका निकायहरुमा पुगेको भौतिक क्षतिबाट प्रभावित सेवा तथा राजश्व संकलनको कार्यलाई सुचारु गर्ने सन्दर्भमा उच्च व्यवस्थापक समूहको बैठक बसेको छ । अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग लगायतका केन्द्रीय निकायहरुको प्रमुख भौतिक संरचना, बजेट, भुक्तानी र राजस्व व्यवस्थापनसँग सम्बन्धित सूचना प्रविधि प्रणालीहरु सुरक्षित रहेको र २०८२ भाद्र २३ देखि महालेखा नियन्त्रक कार्यालयबाट रोक्का रहेको भुक्तानी प्रणाली सुचारु गरिएको छ ।’

उहाँकाअनुसार भन्सार कार्यालयहरुबाट भदौँ २६ गतेदेखि नै सेवा प्रवाह सुचारु भएको र आन्तरिक राजश्व विभाग मातहतको अनलाईन सेवा निरन्तर सुचारू रहेको उहाँले बताउनुभयो । अर्थ मन्त्रालय तथा मातहतका अधिकांश कार्यालयहरुबाट प्रवाह हुने भौतिक सेवालाई आइतबारदेखि सुचारु गरेका छन् । अर्थ मन्त्रालयकाअनुसार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र मातहतका विभाग तथा कार्यालयहरुमा पुगेको क्षतिको थप विवरण संकलन गर्ने कार्य भइरहेको छ । पूर्ण तथा आंशिक क्षति पुगेका कार्यालयहरुको सरसफाईको काममा कार्यालय प्रमुखको नेतृत्वमा कर्मचारीहरु सहभागी भई सेवा प्रवाह गर्न सहज हुने वातावरण तयार गर्न शुरु गरिएको छ ।

सवारी साधन क्षति भएका कार्यालयहरुका लागि अत्यावश्यक सवारी साधन अन्तर कार्यालयहरुसँग समन्वय गरी आन्तरिक रुपमै व्यवस्थापन गर्ने प्रवन्ध सम्बन्धित विभागका महानिर्देशकबाट मिलाइने अर्थमन्त्रालय बताएको छ । मातहतका विभाग तथा कार्यालयहरुबाट हुने सेवा प्रवाह सहजीकरणका लागि आवश्यक निर्णय गर्न विभागहरुलाई निर्देशन दिइएको साथै सेवा सहजीकरणका लागि अन्य आवश्यक प्रक्रियागत विषय एवं सञ्चालनमा रहेका सूचना प्रविधि प्रणालीहरु सुरक्षित बनाउने व्यवस्था सम्बन्धित विभागबाट मिलाइनेछ ।