२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीद्वारा सुशिला कार्कीलाई बधाई, ‘नेपालको पहिलो महिला प्रधानमन्त्री सशक्तीकरणको उत्कृष्ट उदाहरण’



अ+ अ-

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना दिएका छन्।

मणिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कार्कीको नियुक्तिलाई नेपालमा लोकतान्त्रिक अभ्यास र महिला सशक्तीकरणको ऐतिहासिक उपलब्धि भनेका हुन्।

उनले भने, “नेपालले कठिन समय पार गर्दै स्थिरताको दिशामा कदम बढाएको छ। प्रधानमन्त्री कार्कीको नेतृत्वमा शान्ति र समृद्धिको मार्ग खुल्नेछ भन्ने मलाई विश्वास छ।”

मोदीले सामाजिक सञ्जालमार्फत समेत बधाई दिँदै नेपालका जनताले लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राखेकोमा प्रशंसा गरेका छन्।