१५ भाद्र २०८३, सोमबार
,
Latest
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवागढी मितेरी पुल निर्माणः नेपालतर्फ जग खन्ने काम सुरु



अ+ अ-

रसुवा । चीन सरकारले रसुवागढी नाकास्थित ल्हेन्दे खोलामाथि बनाउन लागेको मितेरी पुल निर्माणका क्रममा आजदेखि नेपालतर्फ पनि काम सुर भएको छ ।

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सो पुल बगाएपछि पुनः निर्माण गर्ने क्रममा यसअघि नै काम सुरु भएकामा आजदेखि नेपालतर्फ पनि पिलरको जग खन्ने काम सुरु भएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार ‘जुम स्काभेटर’को सहायताले ठूलाठूला हिमपाइपमार्फत खोलाको पानी एकीकृत गरी नेपालतर्फ प्रवेश गरी चिनियाँ टोलीले आज बिहानदेखि बेलीब्रिज अड्याउने पिलारको जग खन्ने काम सुरु गरेको हो ।

यही भदौ ३० गतेभित्र पुल निर्माणसम्पन्न गर्नेगरी दुई स्काभेटरले काम गरिरहे पनि निरन्तरको वर्षाका कारण तोकिएको समयमा निर्माणसम्पन्न नहुने प्राविधिक पक्षले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँबाट नजिक पर्ने उत्तरतर्फ रसुवागढीस्थित प्रमुख नाका जोड्ने मितेरी पुल बगेसँगै सो नाकाबाट हुने व्यापार करिब ठप्प अवस्थामा रहेको स्थानीय भन्सार कार्यालयले जनाएको छ ।

यसैबीच चिनियाँ प्राविधिकले ल्हेन्दे खोलामा हिमपाइप राखी आवतजावत गर्न सहज बनाएसँगै कामको सिलसिलामा केरुङ पुगी त्यहाँ फसेका १६३ रसुवालीलाई नेपाल आउन सफल भएको प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिनुभयो ।