३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा क्षतिग्रस्त प्रहरी कार्यालयहरूको पुनःनिर्माण शुरु



अ+ अ-

काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलनमा खण्डहर भएका तथा क्षति पुगेका  प्रहरी कार्यालयहरुको पुनःनिर्माण कार्य सुरु भएको छ ।

हातहतियारसहित कार्यालय तथा इकाई छोडेर गएका प्रहरीहरु जिम्मेवारीमा फर्किन थालेसँगै आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचना पुनःनिर्माणको कार्य शुरु भएको हो ।

काठमाडौंको तीनकुने र कोटेश्वरका प्रहरी कार्यालयहरु पुनःनिर्माणको काम शुक्रवार बिहानैदेखि थालिएको छ । आन्दोलनका क्रममा कार्यालय छोडेर सुरक्षित स्थानतर्फ गएका प्रहरीहरुलाई स्वागत गर्दै स्थानीय नै सुरक्षा निकायका संरचना पुनःनिर्माण गर्न अग्रसर भएका छन् । काटेश्वर व्यवसायी प्रज्ञा प्रतिष्ठान, कोटेश्वर व्यवसायी संघ र कोटेश्वर बहुमुखी क्याम्पसलगायत सस्थाहरुले ‘हाम्रो प्रहरी प्रभाग हामी नै बनाउछौं’ भन्ने अभियानका साथ पुनःनिर्माणको काम अघि बढाएको कोटेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सञ्जय बुढाथोकीले बताउनुभयो । कोटेश्वरमा देशभरीकै नागरिक बस्ने भएकोले तथा आवश्यक सुरक्षा दिन नसक्दा चोरी डकैटी बढेको उहाँको भनाइ छ । प्रहरीका क्षतीग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्थानीय सरकार अग्रसर हुनुपर्नेमा उहाँको जोड छ ।

यही २३ र २४ भदौमा भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा चार दर्जनबढी व्यक्तिको मुत्यु हुनुको साथै सिंहदरबारसहति राज्य संरचना ठुलो क्षति पुगेको छ । मृतकको शव व्यवस्थापनको कार्य समेत काठमाडौं महानगरपालिकाले शुरु गरेको छ । यद्यपि भौतिक पूर्वाधारहरुको क्षतिको  मूल्याङ्कन गर्न शुरु भइसकेको छैन ।