१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनपछिको आगजनी र तोडफोडबाट खण्डहर भए कास्कीका सरकारी कार्यालय



अ+ अ-

पोखरा । जेनजी पुस्ताले गरेको आन्दोलनपछि भएको आगजनी र तोडफोडपछि पोखराका जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालयहरु खण्डहर भएका छन् ।

प्रदेश लोकसेवा कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, कारागार कार्यालय, कास्की जिल्ला अदालतको अवस्था दयनीय छ । सबै सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् ।

आगजनी कारण भएको क्षति मूल्यांकन समेत हुन सकेको छैन । उच्च अदालत पोखरासहितका सरकारी निकायहरु यतिबेला खरानी बनेका छन् । नेपाली सेनाले सुरक्षास्थित नियन्त्रणमा लिएसँगै आम नागरिकहरु आवतजावतका लागि बाहिर निस्किन थालेका छन् । अझै समाजमा त्रास कायम छ । सरकारी कार्यालयहरु जलेर नष्ट भएसँगै सेवा प्रवाहमा चुनौति थपिएको छ ।

साथै अन्तरिक सरकार गठन हुन ढिलाइ भएसँगै समस्या झनै बढिरहेको छ ।