३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

संविधानभित्रै सबैलाई समेटौँ, कहीँ कतै विद्रोहको छिद्र नछोडौँ

अब मुलुकलाई यस्ता प्रतिशोधी ज्वालाले धेरै पोलिसक्यो । थप राप ताप्ने र सहने क्षमता अब मुलुकसामु छैन ।

संविधानभित्रै सबैलाई समेटौँ, कहीँ कतै विद्रोहको छिद्र नछोडौँ
फाईल फोटो
अ+ अ-

देश अहिले शून्यतामा छ, र आज शान्त पनि । तर मुर्दा शान्ति जस्तो । आफ्नै अगाडि सयौँ बर्षको राजनैतिक इतिहासको विरासत बोकेको सिंहदरबार ढलेको देखेका नागरिक कोही बोल्न नसकेर मुर्दा शान्तिको अवस्थामा छन् ।

त्यतिमात्र होइन कि राज्यका मुख्य तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नै भौतिक रुपमा खरानीमा परिणत भएका छन् । ती संरचनामा उडिरहेको धुवाँ नियाल्दै आँशु पुछिरहेका देशबासीले यही खरानीलाई सिंचेर भोलि हरियाली बनाउने प्रण गर्नै सकिरहेका छैनन् । यो आडभरोसा उनीहरुका मनमा कहीँ कतैबाट आउन सकिरहेको छैन ।

जेन्जी पुस्ताका केही प्रतिनिधि पात्रहरुले सामाजिक सञ्जालबाट शान्तिपूर्ण आन्दोलनको आह्वान गरे । तर उनीहरुको ख्यालख्यालैको शान्तिपूर्ण भनिएको त्यो आन्दोलनले काठमाडौँ मात्र नभएर देशैभरि यसरी आगो झोस्यो कि अब त्यसको जिम्मेवारी लिने कोही छैन । त्यसले हिंसात्मक रुप लिएपछि मुलुकले अकल्पनीय क्षति व्यहोर्नुपरिरहेको छ । यसको पनि जिम्मेवारी लिने लाइनमा कोही छैन ।

तर, आन्दोलनको जस लिने र प्रधानमन्त्री बन्न चाहनेको भिड भने दिनदिनै बढ्दै गएको छ । आज त्यही भिड आर्मी हेड क्वाटर अघि देखिएको मात्रै होइन, को प्रधानमन्त्री बन्ने भन्ने प्रतिस्पर्धाको झडप नै देखियो ।

यही दृश्यले झन् निराश बनाएको छ देशबासीलाई । जसले सुशासन, न्याय र नयाँ पुस्ताको नेतृत्वको नारा दिएर आन्दोलनको घोषणा गरे र मुलुकमा यतिविधि भयो, त्यसपछि त साँच्चिकै परिवर्तन होला कि भन्ने झिनो आसा पलाउँदै गरेका जनतामा त्यो दृश्यले तुषारापात गराएको छ । अब पनि केही हुँदैन भन्ने निराशामै रहेका जनताले जलेका संरचना र ढलेका मनहरुको टेको पाउन सकेका छैनन् ।

अझै पनि जे भयो भयो, भावी सन्ततिका लागि मन दह्रो पारौँ भन्ने भावनाका साथ अघि बढ्नु त छँदैछ, यसैमा अहिल्यै अब हिजो र अस्तिको दिन आउन नदिनका लागि कहिँ कतैबाट अर्काे विद्रोह या हिजोको जस्तो निराशा बाँकी नराख्ने गरी अघि बढ्न सोच्नुपर्नेछ ।

अहिले शासकीय शून्यतामा रहेको देशमा नेतृत्व छनौटको प्रक्रिया सुरु भएको अवस्था छ । प्रधानमन्त्रीले राजीनामा दिइसकेका छन् भने नेताहरु सेनाको ‘सुरक्षा’ घेरामा छन् । तिनले हिजोका दिनमा लडेर ल्याएको लोकतन्त्र, गणतन्त्र कसरी बचाउने भन्ने साना स्वरहरु कुनाकाप्चाबाट निस्किए पनि बुलन्द हुन सकेको अवस्था छैन । तर पनि उनीहरुले कुनै न कुनै रुपमा यो संविधान र गणतान्त्रिक व्यवस्थाका बारेमा खबरदारी भने गरिरहेकै छन् । यही संविधान भित्रबाट निकास निकाल्न उनीहरुले साना ठूला स्वरमा आग्रह गरिरहेका छन् ।

सरकार निर्माणको बेला धेरै विचार गर्नुपर्ने हुन्छ । त्यसमा पनि अझ यो त कुनै सानोतिनो आन्दोलन भएर प्रधानमन्त्रीले राजीनामा दिएको अवस्था होइन । यो असहज परिस्थितिको बेलाको सरकार हो जसले मुलुकलाई मिलाएर लैजान सक्नुपर्छ । अहिले देशमा आगो लागिरहेको छ र त्यसमा पानी हालेर मात्र पुग्दैन, पुनस्र्थापना पनि गर्नुपर्ने अवस्था छ । यसका लागि मुलुकबासी सबैको सहमति, सहकार्य र आपसी एकता आवश्यक छ ।

यस्तो अवस्थामा सेनाले नेतृत्व गरेर सरकार गठनको प्रक्रिया पनि अघि बढिरहेको छ । प्रधानमन्त्रीको नेतृत्वका लागि रस्साकस्सी सुरु भैसकेको छ । त्यसैले त्यसको निकास संविधान भित्रैबाट र व्यवस्थाभित्रै बाट खोज्नुपर्ने माग एकपछि अर्काे गरी अघि आइरहेको छ ।

यहाँनेर भदौ २३ र २४ गतेका दिनमा भएको विध्वंस कुनै एकपक्ष या समूहको अन्त्यको लागि नभएर मुलुकमा सुशासन र सामाजिक समानताका लागि थियो भन्ने विषयमा यतिखेर गम्भीर रुपमा विचार विमर्श गर्नुपर्दछ । होइन भने एकपक्षीय रुपमा गरिने निर्णय आदिले अर्काे विद्रोह जन्माउने खतरा पनि रहन्छ । त्यसैले संविधान र यही व्यवस्थाभित्रैबाट निकास खोजेर जेन्जीको माग अनुसारको सरकार निर्माण गर्नु जरुरी छ ।

जेन्जी आन्दोलनको एजेण्डा तत्कालीन सरकारको परिवर्तन थियो, व्यवस्थाको थिएन । २४ गतेको उदण्डताको कुरा नगर्ने हो भने उनीहरुले बानेश्वरबाट आन्दोलन सुरु गर्दा गणतन्त्र विरोधी नारा लगाएका होइनन्, यसको अर्थ हो व्यवस्थाका विरुद्धमा उनीहरुको आन्दोलन थिएन ।

त्यसैले पनि यही यही संविधान र अझ सहमति हुन सके संसद भित्रैबाट पनि अहिलेको निकास निकाल्न सकिएमा झन् राम्रो हुनेछ । अहिलेको जेन्जी पुस्तालाई पनि याद हुनुपर्छ कि साना दुःखले आर्जेको गणतन्त्र होइन, थिएन । यदि त्यसको पनि विकल्प दिने हो भने त्यसमा पनि राष्ट्रिय सहमति कायम गरेर दिन सकिन्छ ।

यो पुस्ता र उसको आन्दोलनलाई सम्बोधन गर्नका लागि पूर्व प्रधानमन्त्रीहरूले सक्रिय राजनीतिबाट बिदा लिनुपरे पनि पछि हट्नु हुँदैन । यही बेलामा राजनीतिक पार्टीहरूमा पनि व्यापक पुनर्गठनको अठोट सार्वजनिक हुनु जरुरी छ । जेन जिका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पुरा गर्नु त छँदैछ । यसो गरेर पनि सबै समस्याको समाधान चालु संविधानबाटै खोज्न सकिन्छ ।

संविधानभित्रैबाट समाधान खोजिनुपर्ने आवाज उठिरहेका बेला यो आवाजलाई कार्पेटमुनिको फोहर जस्तै गरेर छोप्दा त्यो भोलि गन्हाउन सक्छ । अर्थात यो आवाजले अर्काे विद्रोहको जन्म पनि दिन सक्छ । आखिर संसारको रित यही हो कि दबिएको आवाज भोलि गएर प्रतिशोध र विद्रोहको ज्वाला भएर निस्कन पनि सक्छ ।

अब मुलुकलाई यस्ता प्रतिशोधी ज्वालाले धेरै पोलिसक्यो । थप राप ताप्ने र सहने क्षमता अब मुलुकसामु छैन । यस्तो अवस्था आउन नदिन के गर्न सकिन्छ भन्ने बारेमा आगामी निकासका लागि सहजीकरण गरिरहेको नेपाली सेना र राष्ट्रका अभिभावक राष्ट्रपतिले सोच्नुपर्दछ ।