२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

संविधानभित्रै सबैलाई समेटौँ, कहीँ कतै विद्रोहको छिद्र नछोडौँ

अब मुलुकलाई यस्ता प्रतिशोधी ज्वालाले धेरै पोलिसक्यो । थप राप ताप्ने र सहने क्षमता अब मुलुकसामु छैन ।

संविधानभित्रै सबैलाई समेटौँ, कहीँ कतै विद्रोहको छिद्र नछोडौँ
फाईल फोटो
अ अ+ अ-

देश अहिले शून्यतामा छ, र आज शान्त पनि । तर मुर्दा शान्ति जस्तो । आफ्नै अगाडि सयौँ बर्षको राजनैतिक इतिहासको विरासत बोकेको सिंहदरबार ढलेको देखेका नागरिक कोही बोल्न नसकेर मुर्दा शान्तिको अवस्थामा छन् ।

त्यतिमात्र होइन कि राज्यका मुख्य तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नै भौतिक रुपमा खरानीमा परिणत भएका छन् । ती संरचनामा उडिरहेको धुवाँ नियाल्दै आँशु पुछिरहेका देशबासीले यही खरानीलाई सिंचेर भोलि हरियाली बनाउने प्रण गर्नै सकिरहेका छैनन् । यो आडभरोसा उनीहरुका मनमा कहीँ कतैबाट आउन सकिरहेको छैन ।

जेन्जी पुस्ताका केही प्रतिनिधि पात्रहरुले सामाजिक सञ्जालबाट शान्तिपूर्ण आन्दोलनको आह्वान गरे । तर उनीहरुको ख्यालख्यालैको शान्तिपूर्ण भनिएको त्यो आन्दोलनले काठमाडौँ मात्र नभएर देशैभरि यसरी आगो झोस्यो कि अब त्यसको जिम्मेवारी लिने कोही छैन । त्यसले हिंसात्मक रुप लिएपछि मुलुकले अकल्पनीय क्षति व्यहोर्नुपरिरहेको छ । यसको पनि जिम्मेवारी लिने लाइनमा कोही छैन ।

तर, आन्दोलनको जस लिने र प्रधानमन्त्री बन्न चाहनेको भिड भने दिनदिनै बढ्दै गएको छ । आज त्यही भिड आर्मी हेड क्वाटर अघि देखिएको मात्रै होइन, को प्रधानमन्त्री बन्ने भन्ने प्रतिस्पर्धाको झडप नै देखियो ।

यही दृश्यले झन् निराश बनाएको छ देशबासीलाई । जसले सुशासन, न्याय र नयाँ पुस्ताको नेतृत्वको नारा दिएर आन्दोलनको घोषणा गरे र मुलुकमा यतिविधि भयो, त्यसपछि त साँच्चिकै परिवर्तन होला कि भन्ने झिनो आसा पलाउँदै गरेका जनतामा त्यो दृश्यले तुषारापात गराएको छ । अब पनि केही हुँदैन भन्ने निराशामै रहेका जनताले जलेका संरचना र ढलेका मनहरुको टेको पाउन सकेका छैनन् ।

अझै पनि जे भयो भयो, भावी सन्ततिका लागि मन दह्रो पारौँ भन्ने भावनाका साथ अघि बढ्नु त छँदैछ, यसैमा अहिल्यै अब हिजो र अस्तिको दिन आउन नदिनका लागि कहिँ कतैबाट अर्काे विद्रोह या हिजोको जस्तो निराशा बाँकी नराख्ने गरी अघि बढ्न सोच्नुपर्नेछ ।

अहिले शासकीय शून्यतामा रहेको देशमा नेतृत्व छनौटको प्रक्रिया सुरु भएको अवस्था छ । प्रधानमन्त्रीले राजीनामा दिइसकेका छन् भने नेताहरु सेनाको ‘सुरक्षा’ घेरामा छन् । तिनले हिजोका दिनमा लडेर ल्याएको लोकतन्त्र, गणतन्त्र कसरी बचाउने भन्ने साना स्वरहरु कुनाकाप्चाबाट निस्किए पनि बुलन्द हुन सकेको अवस्था छैन । तर पनि उनीहरुले कुनै न कुनै रुपमा यो संविधान र गणतान्त्रिक व्यवस्थाका बारेमा खबरदारी भने गरिरहेकै छन् । यही संविधान भित्रबाट निकास निकाल्न उनीहरुले साना ठूला स्वरमा आग्रह गरिरहेका छन् ।

सरकार निर्माणको बेला धेरै विचार गर्नुपर्ने हुन्छ । त्यसमा पनि अझ यो त कुनै सानोतिनो आन्दोलन भएर प्रधानमन्त्रीले राजीनामा दिएको अवस्था होइन । यो असहज परिस्थितिको बेलाको सरकार हो जसले मुलुकलाई मिलाएर लैजान सक्नुपर्छ । अहिले देशमा आगो लागिरहेको छ र त्यसमा पानी हालेर मात्र पुग्दैन, पुनस्र्थापना पनि गर्नुपर्ने अवस्था छ । यसका लागि मुलुकबासी सबैको सहमति, सहकार्य र आपसी एकता आवश्यक छ ।

यस्तो अवस्थामा सेनाले नेतृत्व गरेर सरकार गठनको प्रक्रिया पनि अघि बढिरहेको छ । प्रधानमन्त्रीको नेतृत्वका लागि रस्साकस्सी सुरु भैसकेको छ । त्यसैले त्यसको निकास संविधान भित्रैबाट र व्यवस्थाभित्रै बाट खोज्नुपर्ने माग एकपछि अर्काे गरी अघि आइरहेको छ ।

यहाँनेर भदौ २३ र २४ गतेका दिनमा भएको विध्वंस कुनै एकपक्ष या समूहको अन्त्यको लागि नभएर मुलुकमा सुशासन र सामाजिक समानताका लागि थियो भन्ने विषयमा यतिखेर गम्भीर रुपमा विचार विमर्श गर्नुपर्दछ । होइन भने एकपक्षीय रुपमा गरिने निर्णय आदिले अर्काे विद्रोह जन्माउने खतरा पनि रहन्छ । त्यसैले संविधान र यही व्यवस्थाभित्रैबाट निकास खोजेर जेन्जीको माग अनुसारको सरकार निर्माण गर्नु जरुरी छ ।

जेन्जी आन्दोलनको एजेण्डा तत्कालीन सरकारको परिवर्तन थियो, व्यवस्थाको थिएन । २४ गतेको उदण्डताको कुरा नगर्ने हो भने उनीहरुले बानेश्वरबाट आन्दोलन सुरु गर्दा गणतन्त्र विरोधी नारा लगाएका होइनन्, यसको अर्थ हो व्यवस्थाका विरुद्धमा उनीहरुको आन्दोलन थिएन ।

त्यसैले पनि यही यही संविधान र अझ सहमति हुन सके संसद भित्रैबाट पनि अहिलेको निकास निकाल्न सकिएमा झन् राम्रो हुनेछ । अहिलेको जेन्जी पुस्तालाई पनि याद हुनुपर्छ कि साना दुःखले आर्जेको गणतन्त्र होइन, थिएन । यदि त्यसको पनि विकल्प दिने हो भने त्यसमा पनि राष्ट्रिय सहमति कायम गरेर दिन सकिन्छ ।

यो पुस्ता र उसको आन्दोलनलाई सम्बोधन गर्नका लागि पूर्व प्रधानमन्त्रीहरूले सक्रिय राजनीतिबाट बिदा लिनुपरे पनि पछि हट्नु हुँदैन । यही बेलामा राजनीतिक पार्टीहरूमा पनि व्यापक पुनर्गठनको अठोट सार्वजनिक हुनु जरुरी छ । जेन जिका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पुरा गर्नु त छँदैछ । यसो गरेर पनि सबै समस्याको समाधान चालु संविधानबाटै खोज्न सकिन्छ ।

संविधानभित्रैबाट समाधान खोजिनुपर्ने आवाज उठिरहेका बेला यो आवाजलाई कार्पेटमुनिको फोहर जस्तै गरेर छोप्दा त्यो भोलि गन्हाउन सक्छ । अर्थात यो आवाजले अर्काे विद्रोहको जन्म पनि दिन सक्छ । आखिर संसारको रित यही हो कि दबिएको आवाज भोलि गएर प्रतिशोध र विद्रोहको ज्वाला भएर निस्कन पनि सक्छ ।

अब मुलुकलाई यस्ता प्रतिशोधी ज्वालाले धेरै पोलिसक्यो । थप राप ताप्ने र सहने क्षमता अब मुलुकसामु छैन । यस्तो अवस्था आउन नदिन के गर्न सकिन्छ भन्ने बारेमा आगामी निकासका लागि सहजीकरण गरिरहेको नेपाली सेना र राष्ट्रका अभिभावक राष्ट्रपतिले सोच्नुपर्दछ ।