३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

संविधानको संरक्षण र सुदृढीकरणमा सबै सचेत रहनुपर्छः महेश बर्तौला

संविधानको संरक्षण र सुदृढीकरणमा सबै सचेत रहनुपर्छः महेश बर्तौला
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले नेपालको संविधानलाई सबै जातजाति, भाषाभाषी, क्षेत्र, लिङ्ग र समुदायको अधिकार सुरक्षित र सुनिश्चित गर्ने साझा दस्तावेजका रूपमा व्याख्या गर्दै यसको संरक्षण र सुदृढीकरणमा सबै सचेत रहनुपर्ने बताएका छन् ।

बर्तौलाले सामाजिक सञ्जालमार्फत संविधानलाई संशोधनमार्फत अझ सशक्त बनाउन सकिने तर त्यसलाई कमजोर पार्ने प्रयास मुलुकलाई पुनः आन्तरिक राजनीतिक द्वन्द्वमा धकेल्न सक्ने चेतावनी दिएका छन् ।

“देशमा देखिने हरेक राजनीतिक घटना र समस्या संवैधानिक प्रावधानले तोकेको लोकतान्त्रिक बाटोबाट मात्र समाधान गर्नुपर्छ। क्षणिक आवेग, उत्तेजना वा अल्पकालीन सोचका आधारमा कदम चाल्नुहुँदैन,” उनले लेखेका छन् ।

यस्तै, उनले नयाँ पुस्तालाई पनि संविधान र राष्ट्रको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्ने विषयमा स्पष्ट र जिम्मेवार रहन आग्रह गरेका छन् ।

यही सचेतनाले अग्रजहरूले विदेशी साम्राज्यवाद र विस्तारवादसँग लडेर जोगाएको स्वतन्त्रता र राष्ट्रिय हितको सुरक्षा सम्भव हुने उनको भनाई छ ।

उनले फेसबुकमा लेखेका छन्ः
वर्तमान संविधान देशका सम्पुर्ण जातजाती, भाषाभाषी , क्षेत्र लिङ्ग , समुदायको अधिकारलाई सुरक्षित र सुनिश्चित गरेको साझा दस्तावेज हो । संशोधनको माध्यमबाट यसलाई अझ सवल र थप सुदृढ बनाउन केहि कामहरु गर्नु पर्नेछ । यो संविधान मासिनु भनेको मुलुक फेरी आन्तरिक राजनितिक द्वन्द को चपेटामा प्रवेश गर्नु हो । त्यसैले मुलुकमा सिर्जना हुने हरेक राजनितिक घटना र समस्याहरुको वैध र सर्वस्विकार्य समाधान मुलुकको संवैधानिक प्रवन्धहरुले निर्धारण गरेको लोकतान्त्रिक मार्गबाट मात्रै हुन सक्दछ ।

क्षणिक आवेग, उत्तेजना, हडबड वा अल्पकालिन सोचबाट होइन। यस सन्दर्भमा आजका जेनजि पुस्ताका साथीहरू पनि सचेत र स्पस्ट हुनुपर्दछ । यसबाट मात्रै हाम्रो अग्रजहरुले विदेशी साम्राज्यवादी र बिस्तारबादी शक्तिहरू सँग रगत बगाएर,लडेर जोगाएको देशको स्वतन्त्रता, स्वाधिनता, सर्वभौमिकता,भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्न सक्दछौं ।