३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

लक डाउनको समयमा के गर्छन होला मानिसहरु, बाहिरीयो यस्तो रोचक तथ्य !

लक डाउनको समयमा के गर्छन होला मानिसहरु, बाहिरीयो यस्तो रोचक तथ्य !
अ+ अ-

काठमाडौं । लकडाउनको समयमा अश्लिल साइटहरु हेर्ने बढेको एक अध्ययनले देखाएको छ । चाइल्ड सेफ नेटले १२ सय ४८ जनामा गरेको अध्ययन अनुसार अहिले ४१ दशमलव ७ प्रतिशतले अश्लिल साइट हेर्ने गरेको प्रतिक्रिया दिएका छन् ।

सरकारले अश्लिल साइटमाथि प्रतिबन्ध लगाए पनि विभिन्न वैकल्पिक माध्यमबाट यस्ता साइट हेर्नेहरु बढेका हुन् । सर्वेक्षणको लागि झण्डै ४९ प्रतिशत उत्तरदाता १८ देखि २४ वर्ष उमेर समूहका थिए ।

अध्यनका अनुसार इन्टरनेटमा समय बिताउनेहरु पनि उल्लेख्य बढेका छन् । लकडाउनअघि झण्डै २७ प्रतिशतले मात्रै दैनिक ४ देखि ६ घण्टा इन्टरनेट चलाउँदै आएकोमा लकडाउनपछि दैनिक ४ देखि ६ घन्टा इन्टरनेट चलाउने झण्डै ३५ प्रतिशत पुगेका छन् ।

यस्तै ७४ प्रतिशतले मनोरञ्जनको लागि इन्टरनेट प्रयोग गरेका छन् । जसमध्ये सबैभन्दा धेरैले युट्युब चलाउँछन् ।

अध्ययनका अनुसार अपरिचित मित्रबाट सन्देश आए पनि २१ दशलमलव ८ प्रतिशतले कुराकानी गर्छन्, साथी बनाउँछन् । यसमध्ये १५ प्रतिशतले घृणा या दुर्व्यवहारजनक सन्देश प्राप्त गरेका छन् । १४ दशमलव ५ प्रतिशतले अपरिचितबाटै यौ४नजन्य तस्बिर या भिडियो प्राप्त गरेका छन् ।

यस्तै लकडाउनको समयमा बालबालिकाहरु अनलाइन दुर्व्यवहार या जोखिममा परेको अध्ययनले देखाएको छ । उत्तरदातामध्ये ७१ दशमलव ४ प्रतिशतले बालबालिका जोखिममा रहेको उत्तर दिएका छन् ।

यस्तै अध्ययनले यसबाट बच्न विभिन्न सुझाव पनि दिएको छ । सामाजिक सञ्जाल तथा भिडियो कन्फ्रेन्स सत्रहरूमार्फत बालबालिका, युवा वर्ग तथा अभिभावकहरूका लागि साइबर सुरक्षासम्बन्धी चेतनामूलक सत्रहरू सञ्चालन गरिनुपर्ने, इन्टरनेटको सकारात्मक प्रयोगबारे बालबालिका, युवा वर्ग तथा अभिभावकहरूलाई ज्ञान दिनुपर्ने, साइबर सुरक्षा सामग्रीहरू तयार गरिनुपर्ने लगायतमा चाइल्ड सेफ नेटले जनाएको छ ।

यस्तै अनलाइनमा हानि भोगेका वा त्यस्तो जोखिममा रहेकाहरूलाई सुझाव तथा सहयोग उपलब्ध गराउन पूर्णकालीन अनलाइन हेल्पलाइन सञ्चालन गर्नुका साथै आवश्यकता अनुसार प्रहरी, मनोविद्, कानुनविद्, सामाजिक कार्यकर्ता आदि जस्ता सहयोगी सेवाहरूसँग सम्पर्क गराइनुपर्नेमा अध्ययनको जोड छ ।