४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउनको समयमा के गर्छन होला मानिसहरु, बाहिरीयो यस्तो रोचक तथ्य !



अ+ अ-

काठमाडौं । लकडाउनको समयमा अश्लिल साइटहरु हेर्ने बढेको एक अध्ययनले देखाएको छ । चाइल्ड सेफ नेटले १२ सय ४८ जनामा गरेको अध्ययन अनुसार अहिले ४१ दशमलव ७ प्रतिशतले अश्लिल साइट हेर्ने गरेको प्रतिक्रिया दिएका छन् ।

सरकारले अश्लिल साइटमाथि प्रतिबन्ध लगाए पनि विभिन्न वैकल्पिक माध्यमबाट यस्ता साइट हेर्नेहरु बढेका हुन् । सर्वेक्षणको लागि झण्डै ४९ प्रतिशत उत्तरदाता १८ देखि २४ वर्ष उमेर समूहका थिए ।

अध्यनका अनुसार इन्टरनेटमा समय बिताउनेहरु पनि उल्लेख्य बढेका छन् । लकडाउनअघि झण्डै २७ प्रतिशतले मात्रै दैनिक ४ देखि ६ घण्टा इन्टरनेट चलाउँदै आएकोमा लकडाउनपछि दैनिक ४ देखि ६ घन्टा इन्टरनेट चलाउने झण्डै ३५ प्रतिशत पुगेका छन् ।

यस्तै ७४ प्रतिशतले मनोरञ्जनको लागि इन्टरनेट प्रयोग गरेका छन् । जसमध्ये सबैभन्दा धेरैले युट्युब चलाउँछन् ।

अध्ययनका अनुसार अपरिचित मित्रबाट सन्देश आए पनि २१ दशलमलव ८ प्रतिशतले कुराकानी गर्छन्, साथी बनाउँछन् । यसमध्ये १५ प्रतिशतले घृणा या दुर्व्यवहारजनक सन्देश प्राप्त गरेका छन् । १४ दशमलव ५ प्रतिशतले अपरिचितबाटै यौ४नजन्य तस्बिर या भिडियो प्राप्त गरेका छन् ।

यस्तै लकडाउनको समयमा बालबालिकाहरु अनलाइन दुर्व्यवहार या जोखिममा परेको अध्ययनले देखाएको छ । उत्तरदातामध्ये ७१ दशमलव ४ प्रतिशतले बालबालिका जोखिममा रहेको उत्तर दिएका छन् ।

यस्तै अध्ययनले यसबाट बच्न विभिन्न सुझाव पनि दिएको छ । सामाजिक सञ्जाल तथा भिडियो कन्फ्रेन्स सत्रहरूमार्फत बालबालिका, युवा वर्ग तथा अभिभावकहरूका लागि साइबर सुरक्षासम्बन्धी चेतनामूलक सत्रहरू सञ्चालन गरिनुपर्ने, इन्टरनेटको सकारात्मक प्रयोगबारे बालबालिका, युवा वर्ग तथा अभिभावकहरूलाई ज्ञान दिनुपर्ने, साइबर सुरक्षा सामग्रीहरू तयार गरिनुपर्ने लगायतमा चाइल्ड सेफ नेटले जनाएको छ ।

यस्तै अनलाइनमा हानि भोगेका वा त्यस्तो जोखिममा रहेकाहरूलाई सुझाव तथा सहयोग उपलब्ध गराउन पूर्णकालीन अनलाइन हेल्पलाइन सञ्चालन गर्नुका साथै आवश्यकता अनुसार प्रहरी, मनोविद्, कानुनविद्, सामाजिक कार्यकर्ता आदि जस्ता सहयोगी सेवाहरूसँग सम्पर्क गराइनुपर्नेमा अध्ययनको जोड छ ।