८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुलिखेल कारागारको आगलागी दुई घण्टापछि नियन्त्रण



अ+ अ-

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित जिल्ला कारगारमा लगाइएको आगो दुई घण्टापछि नियन्त्रणमा लिइएको छ । कारागारकै कैदीबन्दीले मध्याह्न १२ः०० बजे लगाएको आगो २ः०० बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो । कारागारमा आगजनी गरेपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।

आगजनीको नेतृत्व गर्ने सागर मैनालीलगायत चार जनालाई कारागारभित्र असुरक्षित भएपछि बाहिर निकालिएको शाहले बताउनुभयो । उहाँका अनुसार हाल कारागाारमा रहेका दुई सय ८३ कैदीबन्दी सुरक्षित रहेका छन् । कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ ।

कारागारभित्र नाराजुलुस गर्दै कैदीबन्दीले बाहिर निस्कन पाउनुपर्ने माग राख्दै तोडफोड गरी आगलागी गरेको कारागार सुरक्षार्थ तैनाथ प्रहरीले बताएको छ । सोही क्रममा उनीहरुले आगजनी गरेको सुरक्षाकर्मीको भनाइ रहेको छ ।