२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती कर्मचारी अस्पतालमा १३५ घाइतेको उपचार



अ+ अ-

काठमाडौँ। नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेनजी प्रदर्शनमा घाइते भएका १३५ जनाको उपचार भइरहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार उपचारका क्रममा तीन जनाको निधन भएको र थप घाइते आउने क्रम जारी छ । “प्रदर्शनकारी र प्रहरीबीचको झपडमा अहिले पनि अस्पतालसम्म अश्रुग्यास आइरहेको छ”, उहाँले भन्नुभयो, “घाइते अझ कति हुने हुन् थाहा छैन । हामीले आकस्मिक कक्षमा अस्पतालको पूरै जनशक्ति लगाएर उपचार गरिरहेका छौँ ।”

अपराह्न १२ः०० बजेदेखि आकस्मिक उपचार कक्षमा घाइतेहरु उपचारका लागि आउन थालेको उहाँले बताउनुभयो । अस्पतालमा उपचार हुन नसकेका १४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदर्शनकारीले नयाँ बानेश्वर केन्द्रित प्रदर्शन गरेपछि अस्पताल नजिक भएकाले घाइतेहरु उपचारका लागि धेरै सङ्ख्यामा आएको अस्पतालले जनाएको छ ।रासस