८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

सामाजिक सञ्जाल प्रतिवन्धबारे गृहमन्त्रीः भोलि कुनै संस्थाले तिम्रो देशलाई मान्दैनौँ भन्दा हामी के भन्छौँ ?

सामाजिक सञ्जाल प्रतिवन्धबारे गृहमन्त्रीः भोलि कुनै संस्थाले तिम्रो देशलाई मान्दैनौँ भन्दा हामी के भन्छौँ ?
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपालमा काम गर्ने जुनसुकै संस्थाले नेपालको प्रचलित कानून मान्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आईतवार बसेको बैठकमा सामाजिक सञ्जाल प्रतिवन्धको कुरा उठेपछि उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जाललाई नेपालमा सूचिकरण हुन मात्रै सरकारले अनुरोध गरेको उल्लेख  गर्नुभयो । नेपालमा दर्ता नगर्ने, काम गर्न नदिने, चलाउन नदिने भन्ने सरकारको उद्देश्य नभएको उहाँको भनाई छ । नेपालमा सूचिकरण हुनु भन्दा पनि नमानेको उहाँले बताउनु भयो । सरकारले आफ्नो देशभित्र कुन संस्थाले के काम गरिरहेको छ भन्ने थाहा पाउनुपर्ने उहाँले बताउनु भयो । त्यसका लागि संस्थाहरु सूचिकरण गर्नुपर्ने उहाँको भनाई छ । कुनै संस्थाले नेपालमा काम गरिराखेको छ भने त्यो संस्थासँग सम्बन्धित विषयमा सरकारले कसैलाई भन्नुप¥यो भने कसलाई भन्ने हो, भन्ने मान्छे चिन्नु परेन ? उहाँको प्रश्न छ । आफ्नो देशमा आएर काम गर्ने संस्थालाई सूचिकृत गर भनेर सरकारले भन्न पाउने उहाँको भनाई छ ।

कुनैपनि संस्थाले तिम्रो देशको कानून,संविधान मान्दिन भन्न नपाउने उहाँले बताउनु भयो । भविष्यमा कुनै संस्था आएर तिम्रो देश मान्दैनौ भन्यो भने हामी के भन्छौँ ? उहाँको प्रश्न छ । उहाले सामाजिक सञ्जालमा भएको अवरोधका कारण केही समस्या भने सिर्जना भएको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालमा केही अवरोध भएको कारणले समस्या पैदा भएको छ । केही जटिलता भएको छ । त्यो मैले स्वीकार गर्छु । अब कतिपय मानिसहरु सामाजिक सञ्जालका प्रयोगकर्ताहरु धेरै बढेका छन् । कतिपय विद्यार्थीले त्यसैबाट सिक्ने कुरा पनि छ । कतिपयको बिजनेस पनि छ, कतिपयको आफ्ना घरपरिवारका मान्छेसँग विदेशमा सम्पर्क गर्नुपर्ने कुरा छ । यी अफ्ठ्याराहरु छन् । यो सत्य कुरा हो । तर त्यसको अर्को पाटो पनि छ, जम्माजम्मी सरकारले सूचिकरण गर भनेको हो नी । तलाईँ दर्ता गर्दैनौँ, मेरो देशमा काम गर्न दिँदैनौँ, यहाँ तिमीले त्यो चलाउने व्यवस्था हुँदैन भन्ने हुँदै होइन, जम्माजम्मी सूचिकरण । मलाई लाग्छ, सूचिकरण भनेको के हो ? हामी सबै बुझ्छौँ । सूचिकरण भनेको त्यो संस्थालाई ईनलिष्ट गर्ने हो । सरकारले मेरो देशमा यो यो संस्था काम गर्दैछ भनेर रिकगनाईज गर्ने हो । त्यसका पनि केही आचारसंहिता होलान् । एउटा संस्थाले हाम्रो देशमा काम गरिराखेको छ, अनि यो देशमा त्यो संस्थासंग सम्बन्धित विषयमा सरकारले कसैलाई भन्नुप¥यो भने कसलाई भन्ने हो भन्ने मान्छे चिन्नु परेन ? अथवा मेरो देशमा आएर काम गर्ने संस्थालाई सूचिकृत गर भनेर सरकारले भन्न पाउँदैन ? अनि तेरो कानुन मान्दैन, तेरो संविधान मान्दैन, भोली कुनै संस्था आएर तेरो देश मान्दैनौ भन्यो भने हामी के भन्छौँ ? ठिकै छ, अब त नमाने नमान न, त ठूलो छस्, धेरै मान्छे तँसँग सम्बन्धित छन् । कसैका व्यापार चलेका छन्, कसैका पढाई चलेका छन् । अब नेपाललाई नमानेर के भयो त ? भन्छौ हामी, त्यही हो त मुलुक । होइन होला नि ।’ 

उहाँले हाल भएको समाजिक सञ्जालको अवरोधलाई सन्तुलित ढंगले बुझ्नुपर्ने बताउनु भयो । उहाँले समाजिक सञ्जालहरुलाई पनि नेपालमा सूचिकरण हुन आउन आग्रह गर्नुभयो । हाल समाजिक सञ्जालमा भएको अवरोधले सिर्जना गरेको समस्यालाई पनि सबैले गम्भिर भएर लिनुपर्ने उहाँको भनाई छ ।