७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास आर्थिक मामिला तथा सुशासन समितिबाट राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन पारित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदालाई सुझावसहित पारित गरेको छ ।

सोमवार बसेको समितिको बैठकले प्रतिवेदनलाई पारित गरेको हो । बैठकमा समित सभापति कमलादेवी पन्तले प्रतिवेदनलाई सुझावसहित पारित गरेको घोषणा गर्नुभएको थियो । सभापति पन्तले प्रतिवेदनलाई कार्यन्वयन गर्नको लागि गृहमन्त्री, प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रिय सभामा प्रतिवेदनलाई परिमार्जनसहित पेश गर्ने जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘प्रतिवेदनलाई पारित गरियो । यसलाई चाहीँ कार्यन्वयनका निम्ति गृहलाई पनि हामीले अनुरोध ग¥यौँ । प्रधानमन्त्री कार्यलयलाई पनि हामीले यसलाई अनुरोध ग¥यौँ र यसको अपन्वत्व प्रधानमन्त्री कार्यलयले लिन्छ, प्रधानमन्त्री स्वयंले लिनुहुन्छ, भन्ने कुरामा हामी आश्वस्त छौँ । र सभामा छलफल गर्नको निम्ति पनि हामीले आग्रह गर्छौँ र सभामा छलफल गछौँ । आगामी संसदमा यसलाई पेश गर्ने पनि हामीले अनुरोध ग¥यौँ ।’

सभापति पन्तले प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण समेत गर्नुभएको छ ।