१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही टेण्डरहरुमा महिलालाई मात्रै प्रतिष्पर्धा गर्ने व्यवस्था मिलाइयोस्ः महासंघ अध्यक्ष सिंह



अ+ अ-

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण महिला व्यवसायीहरुलाई राज्यले प्रोत्साहन गर्न केही टेण्डरहरुमा महिलालाई मात्रै प्रतिष्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको निर्माण व्यवसायी महिला समन्वय समितिले आईतवार आयोजना गरेको निर्माण व्यवसायी महिला सशक्तिकरण विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

महिला बीचमा मात्रै केही टेण्डरहरुमा प्रतिष्पर्धा गर्ने व्यवस्था गरिएमा निर्माण व्यवसायी महिलाहरुलाई केही सहज हुने उहाँको भनाई छ । उहाँले निर्माण व्यवसायीले पाउने पेश्कीको सुविधामा पनि महिला व्यवसायीलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँले विद्यमान ऐनले व्यवस्था गरेको २० प्रतिशतसम्म पेश्की दिने प्रावधान महिलाहरुको हकमा तुरुन्त लागू गर्न सरकारसँग माग गर्नुभयो । उहाँकाअनुसार राज्यले निर्माण व्यवसायीलाई २० प्रतिशतसम्म पेश्की दिने ऐनमा व्यवस्था गरेपनि हाल १० प्रतिशत मात्रै पेश्की दिइरहेको छ ।

उहाँले भन्नुभयो, ‘महिला बीचमा मात्रै केही टेण्डरहरु चाहीँ प्रतिष्पर्धा गर्ने व्यवस्था हामीले गर्नसक्यौँ भने पक्कै पनि निर्माण व्यवसायी महिलाहरुलाई मात्रै स्थान पाउने ठाउँहरु हुन्छ । पेश्कीको सुविधा पनि अरु व्यवसायीलाई भन्दा महिला व्यवसायीलाई प्राथमिकतामा राख्नैपर्छ । अहिले राज्यले हामीलाई २० प्रतिशतसम्म पेश्की दिने भनेर ऐनमा नै व्यवस्था गरेको छ । र समान्यतया १० प्रतिशत पेश्की दिइरहेको छ । ऐनमा नै व्यवस्था भएअनुसार २० प्रतिशतसम्म अहिलेकै विद्यमान ऐनले २० प्रतिशतसम्म पेश्की दिने जुन प्रावधान छ, त्यो तुरुन्तै महिलालाई लागू गरियोस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।’ 

महिलाहरुको क्षमता विकासको लागि आवश्यक तालिम सञ्चालन गर्न महासंघ तयार रहेको पनि उहाँले बताउनु भयो ।  राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति ईश्वरी न्यौपानेले महिलामैत्री ऐन कानून निर्माणमा जोड दिनुभयो । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका सचिव केशवकुमार शर्माले महिलाहरुमा व्यपस्थापनको क्षमता हुने बताउनु भयो । तरपनि धेरै क्षेत्रमा महिलाहरुको सहभागिता न्युन रहेको उहाँको भनाई छ । निर्माण व्यवसाय ऐन बन्ने क्रममा रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यो ऐनमा महिला प्रोपाईटर भएको कम्पनीले प्रतिष्पर्धामा १० प्रतिशतसम्म बढी कोड गरेमा पनि टेण्डर पाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले विदेशी कम्पनीसंगको प्रतिष्पर्धामा स्वदेशी कम्पनीले ७ प्रतिशत वढी कोड गर्दा टेण्डर पाउने गरेको पनि स्मरण गराउनु भयो ।

सार्वजानिक खरिद अनुगमन कार्यलयका सचिव मुकुन्दप्रसाद निरौलाले सार्वजानिक खरिद ऐन संशोधनको मस्यौदा प्रधानमन्त्री कार्यलयमा पेश गरिएको जानकारी दिनुभयो । खरिद ऐनमा लो विड, ठेक्का तोड्दा अब बाँकी रहेको कामको मात्रै जरिवाना तिराउने, खरिदमा सहजरीकरण लगायतका व्यवस्था राखिएको उहाँले जानकारी दिनुभयो ।